वामदेवका लागि काठमाडाैं-७ मा उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने

काठमाडौँ – नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । कान्तिपुर दैनिकमा खबर  छ ।

गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन गराउँदा २ करोड ९१ लाख २४ हजार ३ सय ४८ रुपैयाँ खर्च हुनेछ।

त्यो खर्च भनेको निर्वाचन आयोगमार्फत हुने खर्च मात्रै हो। गृह र रक्षा मन्त्रालयमार्फत हुने सुरक्षा खर्च त्यसमा पर्दैन। सुरक्षामा पनि ठूलो धनराशिको खर्च हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after