News desk

साउदीलाई ट्रम्पको चेतावनी : पत्रकारको हत्या गरेको खुले कडा कारबाही

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका पत्रकार जमाल खसोगीको हत्यामा साउदी सरकार जिम्मेवार रहेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ट्रम्पले टर्कीको इस्तानबुलमा रहेको साउदी दूतावासबाट बेपत्ता पत्रकार जमाल खसोगीको हत्यामा साउदी अरबको हात भएको पाइएआफूलाई आक्रोशित पार्ने भन्दै कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । अमेरिकी टेलिभिजन सीबीए न्यूजलाई दिएको अन्तर्वार्तामा उनले साउदी अरबसँगको ठेक्कापट्टा रद्द गर्ने भन्दा पनि सजाय दिने अन्य तरिका भएको र त्यसमा रुस …

पुरा पढ्नुहॊस »

तोकिएभन्दा साढे ११ हजार कम तलब पाउँछन् सेक्युरिटी गार्ड

काठमाडौं । आउटसोर्सिङ कम्पनीहरूले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा-सुविधासमेत नदिई काममा लगाउने गरेको पाइएको छ । भक्तपुरका दीपेन्द्र पण्डित विगत एक वर्षदेखि साइराम सेक्युरिटी प्रालिमार्फत पुतलीसडकस्थित तिरुपति होटलमा सेक्युरिटी गार्डका रूपमा खटिन्छन् । नयाँ पत्रिका दैनिक अगाडि लेख्छ, सोवापत उनलाई कम्पनीले मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउँछ । तलब नगदमै बुझ्ने गरेका उनले सञ्चयकोष, उपदान, चाडपर्व खर्चलगायत अतिरिक्त खर्च केही पनि पाउँदेनन् । जबकि आठ घण्टा मात्रै काम गर्दा पनि …

पुरा पढ्नुहॊस »

रहेनन् कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला

काठमाडाैं । नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएको छ । शनिबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बनेका बाँस्तोलाको राति ९:२० मा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा नेता बाँस्तोलाको निधनबारे ट्वीटसमेत गरेका छन् । ‘अन्तत चक्र दाइ जानू भयो !!!! अहिले भर्खरै रातिको ९.२० मा नेपाली कांग्रेसका अग्रज नेता चक्रप्रसाद बांस्तोलाको निधन भएको छ । उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा !!‘  उनको ट्वीटमा भनिएको छ । शनिबार …

पुरा पढ्नुहॊस »

नवरात्रको पाँचौँ दिन : अाज स्कन्दमाताको पूजाअाराधना

काठमाडाैं । नवरात्रको पाँचौं दिन आइतबार भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दकुमार (कुमार)की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ । गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।  नवरात्रमा प्रत्येक दिन एक– एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न …

पुरा पढ्नुहॊस »

गुर्जा हिमाल चढ्न गएका ५ कोरियाली र ४ नेपालीको मृत्यु [अपडेट]

म्याग्दी । धौलागिरी गाउँपालिका-१ स्थित ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमाल आरोहण गर्न गएका ५ जना दक्षिण कोरियाली पर्यटक र ४ जना नेपाली सहित ९ जनाको हिमआँधीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दक्षिण कोरियाका जोहोन ली (Jaehun Lee, Pp no M04612862), च्याङ हो किम (Chang Ho Kim, pp no 85850032), इल जिन रिम (Il Jin Rim pp no M 97002378), …

पुरा पढ्नुहॊस »

दशैंको टीका लगाउन भारतबाट फर्कँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । यस पटकको दशैंमा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाउने भएका छन् । गत वर्ष काठमाडौंबाहिर रहेकाले सर्वसाधारणले टीका लगाउन पाएनन् । यस पटक तीर्थयात्रा गरी टिकामा काठमाडौं फर्किने शाहले निर्मल निवासमा टीका लगाउने कार्यक्रम रहेको छ । पूर्वराजा हाल परिवारसहित भारतमा तीर्थयात्रा गरिरहेका छन् । दशैंमामा फर्केर सर्वसाधारणलाई टीकाको कार्यक्रम रहेको ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।

पुरा पढ्नुहॊस »

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ । गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा …

पुरा पढ्नुहॊस »

एनआरएनएमा छ उपाध्यक्ष रहने

काठमाडाैं ।  गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकले ७ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । महालक्ष्मी विकास बैंकले चुक्ता पुँजीको ७ प्रतिशत रकम नगद लाभांश वितरण गर्ने भएको छ । काठमाडौंमा सम्पन्न बैंकको १७ औँ साधारणसभाले सो लाभांश वितरण गर्न स्वीकृति दिएको हो । चुक्ता पुँजी दुई अर्ब ६३ करोड ३७ लाख ९७ हजार कायम रहेकोमा त्यसको ७ प्रतिशत अर्थात् १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । त्यस्तै, बैंकले चुक्ता पुँजीको ८ प्रतिशतका दरले २१ करोड सात लाख …

पुरा पढ्नुहॊस »

क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने भएको छ । सातौं वार्षिक साधारण सभाले गत आवको खुद नाफा १८ करोड १६ लाखबाट २० प्रतिशत नगद तथा २० प्रतिशत सेयर लाभांश दिने भएको हो । नेपाल क्लियरिङ्ग हाउसमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत स्मार्ट च्वाइस टेक्नोलोजिजको शेयर स्वामित्व छ । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड छ । शेयर वितरण पश्चात् कम्पनीको …

पुरा पढ्नुहॊस »