News desk

के होला राजदूत लक्की शेर्पाको पद ? परराष्ट्रले अझैं निर्णय गरेन

काठमाडौं । मानव तस्करको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजदूतको जिम्मेवारीमा निरन्तरता दिने वा पदमुक्त गर्नेबारे सरकारले अझै ठोस निर्णय गर्न सकेको छैन । शेर्पाबारेको छानविन अघि बढाएको परराष्ट्र मन्त्रालयले यस बारेमा अझै ठोस निर्णय लिन बाँकी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘उहाँको विषयमा छानविन समितिले आन्तरिक छानबिन गरिरहेको छ, हामी अध्ययनकै क्रममा छौ, मंगलबार अपरान्ह्र मन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसँग भने–‘सबै सत्य तथ्य बुझेर आवश्यक निर्णयमा पुग्छौ …

पुरा पढ्नुहॊस »

भारतका पाँच राज्यमा चुनाव : नरेन्द्र मोदीलाई ठूलो धक्का

काठमाडौँ । आगामी वर्ष हुने केन्द्रीय संसद् लोकसभा को चुनावको ‘सेमिफाइनल’ का रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का बेहोरेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलंगाना र मिजोरम राज्यको विधानसभा चुनावको पछिल्लो मतपरिणामलाई हेर्दा भाजपाले निरासाजनक नतिजा हात पार्ने निश्चित देखिएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा नयाँ दिल्लीबाट सुरेशराज न्यौपानेले लेखेका छन्। यी पाँच राज्यमध्ये राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा भाजपाकै सरकार थियो। …

पुरा पढ्नुहॊस »

यसरी छल्छन् मन्त्रीहरु संसदीय समितिको बैठक

काठमाडौँ । सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्। सांसदहरूले उठाएको जिज्ञासाको उत्तर दिनुपर्ने डरले मन्त्रीहरू ‘मिनी पार्लियामेन्ट’ भनिने संसदीय समितिमै जान छाडेका खबर आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन्। मन्त्रीले संसद्का समितिमा अनुपस्थित हुँदा संसदीय समिति सरकारको छायामा परेको छ। समितिका सभापतिले पनि मन्त्री अनुपस्थित भएपछि बैठक स्थगित गर्न सकेका छैनन्। मंसिरमा मात्रै संसद्का चार समितिमा …

पुरा पढ्नुहॊस »

सीता र रामको पूजा गरी देशभर विवाह पञ्चमी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसार जनकनन्दनी सीताको विवाह …

पुरा पढ्नुहॊस »

मौसममा बदली, मध्य र पश्चिमका केही ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्ने

काठमाडौं ।  बुधबार देशभरी कै मौसम खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि देशभरी कै मौसम बदली भएको छ । बुधबार मध्य र पश्चिमको केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने तथा हिमाली भेगमा हिमपातको संभावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए  । उनका अनुसार पहाडी भूभागमा पश्चिमी वायुको असर बिहीबार बेलुकीसम्म नै देखिए पनि अरु ठाउँमा भने बुधबार बेलुकीदेखि मौसम खुल्नेछ । काठमाडौंको बिहानको तापक्रम ३ दशमलव ८ …

पुरा पढ्नुहॊस »

कांग्रेसको नजरमा कुन दल कस्ता ? यस्तो आयो कांग्रेसको व्याख्या

प्रमुख प्रतिपक्षी दल कांग्रेसले नेकपालाई दुइतिहाइको दम्भले सर्वसत्तावादी बनाएको अलोकतान्त्रिक पार्टीका रूपमा व्याख्या गरेको छ। २८ मंसिरदेखि हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रस्तावमा कांग्रेसले प्रमुख राजनीतिक दलबारे विभिन्न टिप्पणी गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्। कांग्रेसको नजरमा चार धार कांग्रेसले राजनीतिक प्रस्तावमा नेपालमा अहिले चारवटा राजनीतिक धार रहेको टिप्पणी गरेको छ । पहिलोमा आफैँलाई राख्दै राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, संघीयता, गणतन्त्र मान्ने …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया र आईएमई लाइफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरेका हुन् ।सम्झौता अनुसार अब यस बैंकका ग्राहकले देशभर फैलिएको २७० वटै शाखाहरूबाट सहज रूपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरू खरिद गर्न सक्नेछन् । बैंकले देशभर २७० शाखा कार्यालयहरू, २८५ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले १४ जिल्लाका उद्यमीलाई बिना धितो कर्जा दिने

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेड, यूकेएड सक्षम र हेफर इन्टरनेशसनल नेपालबीच सरलीकृत लघुकर्जा सेवा सम्बन्धी संयुक्त सम्झौता भएको छ । उक्त सम्झौता अनुसार तीनै संस्थाले संयुक्त रुपमाका ग्रामीण क्षेत्रमा रहेका महिला उद्दमी तथा कृषकहरुकाे जीवनस्तरमा आर्थिक सुधारका लागी सरलीकृत लघुकर्जा दिने छन् । उक्त सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुमन शर्मा, यूकेएड सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहाल र हेफर इन्टरनेशनल नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोेले संयुक्त …

पुरा पढ्नुहॊस »

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता

काठमाडौं । आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बंगलादेश बैंक ‘आइएमई डिजिटल’को साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । सम्झौतामा आइएमई डिजिटलका प्रमुख संचालन अधिकृत डेनियलडी श्रेष्ठ र बैंकका प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले हस्ताक्षर गरे । बैंकका सेवाग्राहीले ‘आइएमई पे’मा …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश सिफारिस गर्न संबैधानिक परिषद बैठक बस्दै

काठमाडौँ । नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्ने भएको छ । परिषदका सदस्यको ब्यस्तताका कारण स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो । बैठक आज साँझ ५ बजे बस्ने बताइएको छ । यसअघि यही मंसिर १७ गते बैठक बसे पनि सिफारिसको निर्णय नगरी बैठक सकिएको थियो । आज विहान ११ बजेका लागि बैठक तयगरिएपनि नेताहरुको व्यस्ताताका कारण साँझ सारिएको हो । प्रधानन्यायाधीश मिश्रले आगामी पुस १७ …

पुरा पढ्नुहॊस »