तोकिएभन्दा साढे ११ हजार कम तलब पाउँछन् सेक्युरिटी गार्ड

काठमाडौं । आउटसोर्सिङ कम्पनीहरूले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक तथा सेवा-सुविधासमेत नदिई काममा लगाउने गरेको पाइएको छ । भक्तपुरका दीपेन्द्र पण्डित विगत एक वर्षदेखि साइराम सेक्युरिटी प्रालिमार्फत पुतलीसडकस्थित तिरुपति होटलमा सेक्युरिटी गार्डका रूपमा खटिन्छन् ।

नयाँ पत्रिका दैनिक अगाडि लेख्छ, सोवापत उनलाई कम्पनीले मासिक १२ हजार रुपैयाँ उपलब्ध गराउँछ । तलब नगदमै बुझ्ने गरेका उनले सञ्चयकोष, उपदान, चाडपर्व खर्चलगायत अतिरिक्त खर्च केही पनि पाउँदेनन् । जबकि आठ घण्टा मात्रै काम गर्दा पनि उनले न्यूनतम १३ हजार ४५० का दरले मासिक तलब पाउनुपर्थ्यो ।

त्यस्तै दोलखाका चित्रबहादुर भुजेल विगत तीन वर्षदेखि निसान सेक्युरिटी प्रालिमार्फत राजधानीका विभिन्न ठाउँमा सेक्युरिटी गार्डको काम गरिरहेका छन् । दैनिक १२ घण्टा काम गर्दा उनले मासिक १५ हजार रुपैयाँ मात्रै पाउँछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब छिट्टै हाम्रो साग पसल देख्न पाउनुहुनेछ : मिलन लिम्बु

काठमाडौं । इलाम-२ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले अब साग …

प्रतिकृया दिनुहॊस