काठमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरे ।
‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारे गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजी मलाई जानकारी छ । यसप्रकारको भ्रमक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।’ जारी वक्तव्यमा उल्खले गरेएकाे छ । उनले आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि सबैलार्इ धन्यवाद पनि दिएका छन् । उनको शिक्षण अस्पतालकाे मनमोहन कार्डियो भास्कुलर सेन्टरमा साेमबार बिहानबाट उपचार भइरहेको छ ।
छातीमा समस्या आएपछि सोमबार विहान अस्पतालमा भर्ना भएका प्रम ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र जनरल मेडिसिनका डा. सन्तकुमार दासको टोली खटिएको छ ।
हेर्नुस् प्रधानमन्त्रीद्वारा जारी सन्देश :-
प्रतिकृया दिनुहॊस