दुई लाख घुससहित नापी कार्यालयका सर्वेक्षक पक्राउ

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले मगंलबार नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

एक सेवाग्राहीको श्रेस्तामा १ बिघा ३ कठ्ठा जग्गा हुनुपर्ने कर्मचारीको लापरवाहीले १ कठ्ठा ३ धुर लेखिएको थियो । त्यही श्रेस्ता सच्चयाउन सर्वेक्षक चौधरीले सेवाग्राहीसँग पाँच लाख घुस मागेको बुझिएको छ ।

एक वर्षदेखि उक्त रकमका लागि सेवाग्राहीसँग चौधरीले बार्गेनिङ्ग गर्दै आएको अख्तियार टोली प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले सुनाए । सेवाग्राहीको सहयोगमा ती कर्मचारीलाई नियन्त्रणमा लिएको उपरीक्षक केसीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस