जोकोभिच पेरिस मास्टर्सको तेस्रो चरणमा

एजेन्सी । दोस्रो वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगलका जोआ सौसालाई हराएर जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

जोकोभिचले सौसामाथि ७ – ५ र ६ – १ को जित निकालेका थिए । यस बर्ष विम्बल्डन र युएस ओपन जितेका जोकोभिचले अब तेस्रो चरणमा बोस्नियाका दामिर जुम्हरसंग खेल्नेछन् ।

पेरिस मास्टर्स अन्तर्गत नै विश्व नम्बर एक राफायल नाडाल र तेस्रो वरीयताका रोजर फेडेररले बुधबार खेल्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्र टी-२० वरीयताकाे टप १० मा

काठमाडौं – नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउण्डर वरीयतातर्फ शीर्ष …

प्रतिकृया दिनुहॊस

This will auto close after