काठमाडौं । पाठशाला नेपाल फाउन्डेसनले आयोजना गरेको ‘पाठशाला स्पोर्ट्स मिट २०७५’ सम्पन्न भएको छ । हरेक दुर्इ वर्षमा आयोजना हुने स्पोर्ट्स मिट करिब २ दर्जन खेल खेलाउँदै सम्पन्न भएको हो ।
राजदल गणमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले पाठशाला नेपाल अब्बल शिक्षा प्रदान गर्न सफल विद्यालयका रुपमा परिचित भएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेको क्षमताको खुलेर प्रशंसा गरे ।
https://www.facebook.com/pratap.tamang.1042/videos/10212808177505189/
यस्तै कार्यक्रमका अतिथि अाइजीपी शैलेन्द्र खनालले पनि पाठशाला नेपालले प्रदान गर्दै आएको व्यवहारिक शिक्षा र यसले समाज परिवर्तनका लागि गरेको प्रयासको प्रशंसा गरेका थिए ।
कार्यक्रममा विद्यालयका सिइओ इश्वर अधिकारीले विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरे । 
तपाईंको प्रतिकृया




