राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय अध्यक्षमा  केबी उप्रेती निर्वाचित भएका छन्। आइतबार भएको संघको निर्वाचनमा   निकट्तम प्रतिद्धन्द्धीलाई ३ हजार भन्दा बढि मतान्तरले पराजित गर्दै बैंकको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित उप्रेतीले ३४ सय १५ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्धन्ती रमेश घिमिरेले २ सय ३७ मत मात्रै पाएका छन्।  राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा धेरैजसो पदमा सहमति जुटेपनि अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेश सञ्चालकमा सहमति नजुटेपछि निर्वाचन भएको थियो।

खुलातर्फ केदार मानन्धर, रामहरी बजगाइँ, ध्रुव नारायण यादव र माधवलाल देवकोटा तथा कर्णाली प्रदेश सदस्यमा हरिहरनाथ योगी निर्वाचित भएका छन्। खुलातर्फकी सदस्य सरिता भट्टराई, अमृता सुव्बा र सिता गुरुङ तथा प्रदेश १ मा महेन्द्र कुमार गिरी, २ मा विश्वनाथ मण्डल, ३ मा ज्ञान बहादुर तामाङ, गण्डकी प्रदेशमा रामबहादुर जिसी तथा प्रदेश ५ मा विजया धिताल र सुदुरपश्चिम प्रदेशकी सिवा थापा भने सर्वसम्मत चयन भएका छन्। राष्ट्रिय सहकारी बैंकको लेखा सुपरिवेक्षण समितिको संयोजकमा लक्ष्मीप्रसाद उप्रेती चयन भएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस