News desk

हिमालयन बैंकले बढायो पाँच प्रतिशत नाफा

काठमाडाैँ । ८ अर्ब ५२ करोड २ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १ अर्ब १६ करोड ११ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ५ प्रतिशतले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा १ अर्ब १० करोड ५८ लाख ७७ हजार रुपैयाँ  रहेको थियोे । आम्दानी तथा खर्च …

पुरा पढ्नुहॊस »

मलेसियन रिंगिट र बहराइन दिनारको भाउ थोरै बढ्यो

काठमाण्डौ ।  बिहीबार मलेसियन रिंगिट र बहराइन दिनारको भाउ केही पैसाले बढेको छ भने अमेरिकी डलरसहित रियाल, दिर्हाम र कोरियन वनको मूल्य थोरै घटबढ भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५० पैसा र बिक्रीदर ११४ रुपैयाँ १० पैसा छ । बुधबार डलरको खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा थियो । बिहीबार साउदी रियालको मूल्य बढेको छैन । बुधबार …

पुरा पढ्नुहॊस »

सडक नहुँदा बागलुङकाे तमानखोलाका वासिन्दालाई सास्ती

बागलुङ । बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ। बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन्। गत वर्ष समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो। केहीलाई हेलिकोप्टरमा काठमाडाै‌ं पुर्‍याएर बचाइयो तर उपचार नै नपाएर मर्नेको सङ्ख्या कति छ भन्नेबारे कुनै पनि निकायमा अभिलेख छैन। उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या धेरै भए पनि …

पुरा पढ्नुहॊस »

अनन्या पाण्डेसँगको प्रेम सम्बन्धका बारेमा पहिलो पटक बोले कार्तिक आर्यन

काठमाडाैँ । बलिउड फिल्म उद्योगका नयाँ कलाकारहरुले डेब्यू गरेसँगै उनीहरुको प्रेम सम्बन्धको चर्चा पनि सुरु हुने गर्छ । यही कुरा बलिउड अभिनेत्री अनन्या पाण्डे र कार्तिक आर्यनसँग पनि भयो । अहिले बलिउड फिल्म उद्योगमा कार्तिक आर्यन र अनन्या पाण्डेबीच प्रेम सम्बन्धरहेको खबरहरु चर्चामा छन् । तर अभिनेता कार्तिक आर्यन स्वयमले भने आफ्नाबारेमा आएका यस किसिमका खबरहरु केबल अफवाह मात्रै रहेको बताएका छन्  । केही समय अघि कार्तिक आर्यन फिल्म ‘स्टुडेण्ट …

पुरा पढ्नुहॊस »

वर्ल्डलिङ्कले कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । वर्ल्डलिङ्कले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आवेदन खुला गरिएका विभिन्न चार पदमा फेब्रुअरी १० तारिखसम्म निवेदन दिन सकिनेछ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।  

पुरा पढ्नुहॊस »

आफ्नै देशको खुफिया एजेन्सीप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रोश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशको खुफिया एजेन्सीलाई इरान मामिलामा अनुभवहिन भएको आरोप लगाएका छन् । उनले उत्तर कोरियालाई लिएर गरिएको आँकलनलाई पनि खारेज गरेका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै इरानसँग सावधान रहनु पर्ने र खुफिया अधिकारीहरु फेरी पनि स्कुल जानुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । अमेरिकी खुफिया अधिकारीहरुले विश्वव्यापी सुरक्षा खतरालाई लिएर गरेको आँकलनमा इरानले परमाणु हतियार बनाउन छोडेको उल्लेख गरेका थिए । राष्ट्रपति ट्रम्पले …

पुरा पढ्नुहॊस »

बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

काठमाडौं । इङ्गलिस प्रिमियर लिग फुटबलका चेल्सीलाई बर्नमाउथले ४–० ले हराएको हो । गएराती आफ्नै मैदानमा भको खेलमा बर्नमाउथलाई विजयी गराउन जोसुवा किङ्ले दुई गोल गरेभने डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले एक एक गोल गरे । प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपूललाई लेष्टर सिटीले एक एक गोलको बराबरीमा रोकेको छ । खेलमा लिभरपूलका सादियो मानेले पहिलो गोल गरेपनि लेष्टरका ह्यारी म्याग्वेरेले बराबरी गोल फर्काएका हुन् । गएराती भएको अर्को खेलमा …

पुरा पढ्नुहॊस »

कांग्रसले आजकाे प्रतिनिधिसभा बैठक अवरोध गर्ने

काठमाडाैँ । कांग्रसले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने भएको छ। सभामुख कृष्णबहादुर महराले बुधबार प्रतिनिधिसभा बैठक सुचारु गराउने विषयमा छलफल गर्न बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले यथास्थितिमा प्रतिनिधिसभा बैठक संचालन गर्न नदिने अडान कायमै रहेको जनाएको हो। सत्ता पक्षले बलजफ्ती ढंगले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नसच्याएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने निर्णय लिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए। उनले सत्तापक्ष र सभामुखले नागरिक …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैँकको सहयोगमा दृष्टिबिहीनलाई कम्प्युटर शिक्षा

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकको सहयोगमा दृष्टिबिहीनहरुका लागि पोखरामा कम्प्युटर शिक्षा तालिम सुरु भएको छ । बैंकको आर्थिक सहयोग र कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाको आयोजनामा भएको तालिमको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उद्घाटन गरेका हुन् । फागुन १८ देखि २४ गतेसम्म पोखरामा आयोजना हुने ‘भायानेट क्यानइन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’को पूर्व सन्ध्यामा तालिम आयोजना गरिएको हो । यसअघि बैंकले खैरेनी मा.बि. खैरेनीटार तनहुंको पुस्तकालयलाई पुस्तकहरु …

पुरा पढ्नुहॊस »

प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क ३१ प्रतिशतले बढ्याे

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा ३०.९९ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष(आव)को पुस मसान्तमा ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब २२ करोड रुपैयाँ कमाएको हो । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट ३६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत पुस मसान्तको तुलनामा ८ करोड २३ लाख रुपैयाँ बढी हो । …

पुरा पढ्नुहॊस »