बाजुरा । बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ ।
पुरा पढ्नुहॊस »२०७६ मा गोवर्धनपूजा र भाइटीका एकै दिन, बिहान गणेशचौथी : दिउँसो ऋषिपञ्चमी
काठमाडौं । आगामी वर्ष अर्थात् २०७६ सालमा विजयादशमी कति गते परेको होला? लक्ष्मीपूजा र भाइटीका कुन दिन होला? यस्ता जिज्ञासा राख्नुभएको छ भने पञ्चाङ्ग निर्णायक समितिद्वारा मान्यतााप्राप्त पञ्चाङ्ग(पात्रो) बजारमा आइसकेको छ। यो वर्षको विजयादशमी असोज २१ गते मंगलबार परेको छ। घरघरमा जमरा राख्ने दिन अर्थात् घटस्थापना असोज १२ गते आइतबार परेको छ। नवरात्र अनुष्ठान यसै दिन शुरु हुन्छ। दशैँका महत्त्वपूर्ण दिन फूलपाती १८ गते शनिबार परेको छ। १९ गते महाष्टमी र …
पुरा पढ्नुहॊस »आज माघ १९, यस्तो थियो राजतन्त्र नै समाप्त हुने आधार तयार पार्ने शाही घोषणा
काठमाडाैँ । आज माघ १९ गते। नेपालको प्रजातान्त्रिक आन्दोलनमा माघ १९ लाई कालो दिनको रुपमा लिने गरिन्छ। ०६१ साल माघ १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दोस्रो पटक बर्खास्त गरी तत्कालिन राजा ज्ञानेन्द्रले सम्पूर्ण शासन सत्ता तीन वर्षका लागि आफ्नै हातमा लिने घोषणा गरेका थिए। शाही घोषणालगत्तै ल्यान्डलाइन फोन र मोबाइल फोनका साथै इन्टरनेट सम्पर्क पनि विच्छेद गरिएको थियो। प्रिपेड मोबाइल त महिनौँसम्म बन्द नै रहे। विमानस्थल पनि बन्द …
पुरा पढ्नुहॊस »नेपाल मेडिकल कलेजमा जागिर खुल्यो
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले शनिबार निकालेको कर्मचारीको मागसम्बन्धी सूचनाअनुसार विभिन्न ११ पदमा कर्मचारी माग गरिएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ७ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
पुरा पढ्नुहॊस »सोह्र बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कसले कति कमाए
काठमाडाैँ । हालसम्म १६ वाणिज्य बैंकले चालु आर्थिक बर्षको दास्रो त्रैमासको विवरण प्रकाशित गरेका छन् । विवरण प्रकाशित गरेका बैंकले पुष मसान्त सम्ममा १६ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुको मुनाफा १६ अर्ब ६० करोड भन्दा माथि पुगेको छ । १६ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंकले कमाएको छ । ७ बैंकको नाफा एक …
पुरा पढ्नुहॊस »१ अर्बको ऋणपत्र निष्काशन गर्दै सनराइज बैंक, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडाैँ ।सनराइज बैंकले एक अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका १० लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा माघ १३ गते निवेदन दिएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको ’१० प्रतिशत सनराइज डिबेञ्चर २०८० ’ निष्काशनको लागि अनुमति मागेको हो । बैंकले ऋणपत्र बिक्रीका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । बैंकले जारी गर्ने १० लाख कित्ता …
पुरा पढ्नुहॊस »गरिमा विकास बैंक र फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सबीच रेमिट सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाका ११९ वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत …
पुरा पढ्नुहॊस »सेमिफाइनलमै एल क्लासिको, अर्थात बार्सिलोना भर्सेज रियल मड्रिड
काठमाडाैँ । स्पेनिस कोपा डे रे फुलबलको सेमिफाइनल खेल फाइनल भन्दा भव्य हुने भएको छ । फाइनल भन्दा भव्य यो अर्थमा पनि सेमिफाइनलमै दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिडबिच भेट हुने भएको छ । शुक्रबार भएको कोपा डे रे सेमिफाइनलको ड्रमा साबिक विजेता बार्सिलोनाले रियल मड्रिडलाई प्रतिस्पर्धीका रुपमा पाएको हो । दुई लेगको सेमिफाइनल एल क्लासिको हुने भएको छ । सेमिफाइनलको पहिलो लेग बार्सिलोनाको मैदान नाउ क्याम्पमा फेब्रुअरी ६ …
पुरा पढ्नुहॊस »सेयरमार्जिन कारोबारको बाटो खुल्योः ब्याजदरको निर्धारण ब्रोकर र ग्राहकले गर्ने
काठमाडाैँ । नेपाल धितोपत्र वोर्डले ब्रोकर कार्यालयहरुले मार्जिन मूल्यमा शेयरको कारोबार गर्नका लागि ऋणको ब्याजदर तथा अनुगमन सम्बन्धि व्यवस्था गरेको छ । बोर्डले व्यवस्था गरेअनुसार कुनैपनि ब्रोकर कम्पनीले मार्जिन कारोबार गराउनु अघि बोर्ड र नेप्सेलाई जानकारी गराउनु पर्ने छ । ऋणमा निर्धारण गरिने ब्याजदर ब्रोकरहरुले आफै व्यवस्था गर्न सक्ने छन् । तर त्यसको प्रतक्ष अनुगमन भने बोर्ड आफै गर्ने छ । बोर्डले ब्याजदर निर्धारणमा दलाल र ग्राहकबिचमा हुने सम्झौता अनुसार ब्याजदर …
पुरा पढ्नुहॊस »कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार-अध्यक्ष ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार सुलिचौरमा सम्बोधन गर्दै अध्यक्ष ढकालले उक्त कुरा व्यक्त गरेका हुन् । सङघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आगमनमा सम्पन्न उक्त कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, स्थानीय जनप्रतिनिधिहरु लगायत राजनितिक दलका प्रतिनिधि तथा स्थानीय उद्योगी व्यवसायीहरुले …
पुरा पढ्नुहॊस »