काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ९ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस समान्त अवधीमा गत आर्थिक बर्षको सोही अवधीको भन्दा ७ करोड नाफा बढाएको हो । २०७४ पुसमा बैंकको नाफा १ अर्ब २ करोड रुपैंयाँ थियो । कृषि विकास बैंकले १ र्ख १० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.६८ प्रतिशत पुगेको छ । …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता
काठमाडौं । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सौलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । उक्त सम्झौतामा हस्ताक्षर गरेर एभरेष्ट बैंकले माइक्रो, साना तथा मझौला उद्योगका लागि दिगो आर्थिक स्थिरता र आर्थिक वृिद्घको कदम अगाडि बढाएको छ । एभरेष्ट बैंकका तर्फबाट एजीएम केशब राज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट कार्यकारी साहयक सीइओ उषा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
पुरा पढ्नुहॊस »बैंक अफ काठमाडौंका ग्राहकलाई नेपाल मेडिसिटीमा विशेष छुट
काठमाडौं । बैंक अफ काठमाडौंले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई नियमित सेवामा विशेष छुटको व्यवस्था गरेको छ । माघ २१ गतेमा भएको सम्झौता अन्तगर्त बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत भैसीपाटी स्थित नेपाल मेडिसिटी हस्पिटलमा ७५ सम्म छुटको लाभ उठाउन सक्ने भएका छन् ।
पुरा पढ्नुहॊस »देवघाटको महेश सन्यास आश्रमलाई कृषि विकास बैंकको सहयोग
काठमाडाैँ । कृषि विकास बैंकले देवघाटको महेश सन्यास आश्रमलाई सहयोग गरेको छ । बैंकले तनहूँको पवित्र धार्मिक स्थल देवघाटमा आयोजित विराट ज्ञानमहायज्ञको एक भव्य समारोहमा महेश सन्यास आश्रमलाई कम्प्युटर, प्रिन्टर, डिजिटल नोटिस बोर्ड लगायतका सामग्री दिएको हो । उक्त सामाग्री कृषि विकास बैंकका क्षेत्रिय निर्देशक बाबुकाजी थापाले महेश सन्यास आश्रमका अध्यक्ष रमणानन्द गिरिलाई हस्तान्तरण गरेका हुन् । सो कार्यक्रमको उद्घाटन महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । आश्रमका अध्यक्ष गिरिले कृषि …
पुरा पढ्नुहॊस »कैलाश विकास बैंकको सहकार्यमा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न
काठमाडाैँ । कैलाश विकास बैंक र सिरहाली सेवा समाज नेपाल काठमण्डौको सहकार्यमा सिरहामा दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १२ स्थित बिष्णुचरण श्रेष्ठ मा.बि. को प्राङ्गणमा र सिरहा नगरपालिका वडा नं. १ हाटबजार, दुर्गा मन्दिरको प्राङ्गणमा भएको उक्त दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो । उक्त शिबिरमा २७ जना स्वास्थकर्मी टोली संलग्न थियो । स्वास्थ्य शिबिरमा करिब ३ हजार जना सर्बसाधारणले आफ्नो स्वास्थ्य …
पुरा पढ्नुहॊस »बेरोजगार भत्ता फागुनदेखि, न्यूनतम मासिक आठ हजार पाँच सय
काठमाडौं । स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ अर्को साता प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउने भएको छ। चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताए। फागुन १ गने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि वर्षा, तीन दिनसम्म पानी पर्ने, कुन दिन कस्तो मौसम ?
काठमाडौँ । काठमाडौ उपत्यकासहित मुलुकका अधिकांश भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ । मुलुकको पश्चिमी भागमा भने बुधबार साँझदेखि नै क्षणिक वर्षा भएको थियो । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बिहीबारदेखि तीन दिनसम्म काठमाडौंसहित देशभर वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश …
पुरा पढ्नुहॊस »एभर्टनलाई हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो म्यानचेस्टर सिटी
काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई दुई–शून्यले हराएको छ । जितसँगै सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । गुडिसन पार्कमा भएको खेलमा सिटीको जितमा एमिरीक लार्पोटी र गाब्रियल जिससले एक–एक गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सिटीका लागि लार्पोटीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको साताैँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई दुई–शून्यले अगाडि राखे । त्यसपछि सिटीविरुद्ध एभर्टन खेलमा फर्कन …
पुरा पढ्नुहॊस »एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट
काठमाडाैं । संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो पासपोर्ट लिएका छन्। परराष्ट्र मन्त्रालयले रातो पासपोर्टमा कडाइ गरे पनि रातो पासपोर्ट लिने सांसदको संख्या बढ्दै गएको खबर ईश्वरी सुवेदीले आजको नागरिक दैनिकमा लेखेका छन्। संसद् सचिवालयको सिफारिस चाहिने भए पनि कतिपय सांसदले सिफारिसबिना नै रातो पासपोर्ट लिएका छन्। कतिपयले परराष्ट्रले …
पुरा पढ्नुहॊस »३३ किलो सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ
काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका फरार अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । २०७३ सालमा त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको साढे ३३ किलो सुन अनामनगरबाट हराएको थियो । सोही घटनासँग जोडिएका व्यक्ति हुन् हरिशरण खड्का । दुबईमा पहिले कामदारका रुपमा गएका उनी पछि चुडामणि उप्रेती गोरेको समूहमा थिए । उनी दुबईमा अहिले व्यवसाय गरेर बसेका थिए । नेपाल प्रहरीले हरिशरणलाई पक्राउ गर्न प्रहरीको …
पुरा पढ्नुहॊस »