कृषि विकास बैंकको नाफा १ अर्ब ९ करोड

काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ९ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस समान्त अवधीमा गत आर्थिक बर्षको सोही अवधीको भन्दा ७ करोड नाफा बढाएको हो । २०७४ पुसमा बैंकको नाफा १ अर्ब २ करोड रुपैंयाँ थियो ।

कृषि विकास बैंकले १ र्ख १० अर्ब निक्षेप संकलन गरेर १ खर्ब ७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो ७८.६८ प्रतिशत पुगेको छ । बैंकले ३ महिनामा ८ अर्ब निक्षेप वृद्धि गरेको छ । असोजमा १ खर्ब २ अर्ब निक्षेप रहेको बैंकले पुस मसान्तमा १ खर्ब १० अर्ब पुर्याएको हो । बैंकले ३ महिनामा कर्जा लगानी पनि १ खर्ब ३ अर्बबाट बढाएर १ खर्ब ७ अर्ब पुर्याएको हो ।

१३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ५९ करोड रुपैंयाँ रहेको छ । ४.५० प्रतिशत खराब कर्जा रहेको बैंकको कष्ट अफ फण्ड ७.२३ प्रतिशत छ । कृषि विकास बैंकको आधार ब्याजदर ११.१५ प्रतिशत छ भने प्रति सेयर आम्दानी २८.२५ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after