काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एभर्टनलाई दुई–शून्यले हराएको छ । जितसँगै सिटी लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

गुडिसन पार्कमा भएको खेलमा सिटीको जितमा एमिरीक लार्पोटी र गाब्रियल जिससले एक–एक गोल गरे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सिटीका लागि लार्पोटीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयको साताैँ मिनेटमा जिससले गोल गर्दै सिटीलाई दुई–शून्यले अगाडि राखे ।

त्यसपछि सिटीविरुद्ध एभर्टन खेलमा फर्कन सकेन र पराजित भयो । सिटीले पछिल्लो पाँच खेलमा चौथो जित निकालेको छ ।
जितसँगै सिटीले लिभरपुलसँग अंक बराबरी गरे पनि गोलअन्तरको आधारमा शीर्ष स्थानमा पुगेको छ ।

२६ खेलबाट सिटीको ६२ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको पनि समान अंक छ ।
तपाईंको प्रतिकृया




