३३ किलो सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका फरार अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । २०७३ सालमा त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको साढे ३३ किलो सुन अनामनगरबाट हराएको थियो ।

सोही घटनासँग जोडिएका व्यक्ति हुन् हरिशरण खड्का । दुबईमा पहिले कामदारका रुपमा गएका उनी पछि चुडामणि उप्रेती गोरेको समूहमा थिए । उनी दुबईमा अहिले व्यवसाय गरेर बसेका थिए । नेपाल प्रहरीले हरिशरणलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पक्राउ परेका खड्कालाई नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री