कैलाश विकास बैंकको सहकार्यमा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न

काठमाडाैँ । कैलाश विकास बैंक र सिरहाली सेवा समाज नेपाल काठमण्डौको सहकार्यमा सिरहामा दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका १२ स्थित बिष्णुचरण श्रेष्ठ मा.बि. को प्राङ्गणमा र सिरहा नगरपालिका वडा नं. १ हाटबजार, दुर्गा मन्दिरको प्राङ्गणमा भएको उक्त दुईदिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

उक्त शिबिरमा २७ जना स्वास्थकर्मी टोली संलग्न थियो । स्वास्थ्य शिबिरमा करिब ३ हजार जना सर्बसाधारणले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको बताइएको छ ।

सो अबसरमा बिरामीहरुलाई आवश्यक   औषधि पनि निःशुल्क बितरण गरिएको थियो । बैकले आगामि दिनहरुमा अन्य सामाजिक सेवाका कार्यहरु पनि गर्दै जाने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds