निर्मला हत्या प्रकरण : मुख्यमन्त्री कार्यालयमा प्रदर्शन

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीले मुख्यमन्त्री कार्यालयबाहिर बुधबार प्रदर्शन गरेका छन् । निर्मलाको बलात्कार र हत्या घटनाको ७० दिन बितिसक्दासमेत हत्यारा पक्राउ नपरेको भन्दै सत्यतथ्य बाहिर ल्याउन माग राखेर आन्दोलन गरिरहेको दबाबमूलक संघर्ष समितिले मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका हुन् ।

अधिकारकर्मी महिलाले धनगढीस्थित ट्राफिक चोकबाट बुधबार नाराजुलुससहित ¥याली निकालेका हुन् । दबाबमूलक संघर्ष समितिले घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र अपराधीलाई पक्राउ गर्न माग गरेको छ । उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, डीएनए परीक्षणको रिपोर्ट भरपर्दो हुनुपर्ने, घाइते तथा पीडितको उपचार तथा जीविकोपार्जनको व्यवस्था हुनुपर्नेलगायत माग राखेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संयोजक हेलेन श्रेष्ठले बताइन् ।

यसैबीच, नागरिक समाज कञ्चनपुरको अगुवाइमा बुधबार बसेको सर्वपक्षीय बैठकले हत्यारा पत्ता नलागेसम्म शान्तिपूर्ण आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । राजनीतिक दलका प्रतिनिधि सहभागीसहित बसेको बैठकले न्यायका लागि अदालतको समेत ढोका ढक्ढक्याउने निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस