सिन्धुलीमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा गएराति ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय लोकबहादुर मगर छन् ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति सवा १ बजे मृत्यु भएको हो । ट्रकमा सवार अन्दाजी २६ वर्षीय ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा ट्रकमा सवार सप्तरीका १७ वर्षीय लक्ष्मण परियार घाईते भएका छन् ।

उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । गएराति सवा १२ बजे बा२क २२९७ नम्बरको ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस