आईजीपी खनाललार्इ बर्खास्त गर्न सत्तारूढ दलको भातृ संगठनको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले नेपाल प्रहरीका प्रमुख, आइजिपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

अखिल र अखिल क्रान्तिकारीका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउनु पर्नेमा त्यसमा असक्षम रहेकाले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

आफूहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार तथा एसिड आक्रमणसहितका हिंसा र दोषी पत्ता लगाउन भइरहेको ढिलाई बारे गृह मन्त्री बादललाई सचेत गराउँदै सात बुँदे ज्ञापन पत्र बुझाएको अखिलका नेता आरसी लामिछानेले बताए ।

ज्ञापन पत्रमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्न भएका सबैलाई तत्काल कारवाहीको दायरामा ल्याउन पनि माग गरिएको छ । यस्तै छानबिन समितिको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरिएको लामिछानेले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस