टिपर सञ्चालनको समय थप गर्ने निर्णय फिर्ता

काठमाडाैं । काठमाडाैं उपत्यकािभत्र ट्रिपर सञ्चालनको समयावधि पुनः घटाइएको छ । बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय लिएकै दिन दुर्घटना भएपछि समयावधि छाेट्याइएकाे हो ।

अब साउन ४ गतेकै निर्णयअनुसार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपरहरु सञ्चालन हुने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यसअघि गत साउन १ गते ट्रिपरले ट्राफिक जाम र असुरक्षा बढाएको भन्दै काठमाडौंभित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटीसम्मको सडक खण्डमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र ट्रिपर सञ्चालन गर्न दिने निर्णय जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गरेको थियो ।

तर निर्माण सामग्रीको ढुवानीमा अवरोध भएको निष्कर्ष निकाल्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले उक्त निर्णय परिमार्जन गर्दै १ घण्टा बढाउने निर्णय गरेको थियो । निर्णय गरेकै दिन सूर्यविनायकमा टिपरले मोटरसाइकल चालकको ज्यान लिएपछि प्रहरीले पूर्ववत् निर्णय नै कार्यान्वयन गरेको हो ।

टिपरकै कारण दुई पाङ्ग्रे सवारी र पैदलयात्रु असुरक्षित भएको जनदबाब बढेपछि यस्तो निर्णय भएको थियो । ट्राफिक प्रहरी महाशाखाले बिहीबार सूचना जारी गर्दै साबिककै समयमा टिपर सञ्चालन हुने जनाएको छ ।

सूचनामा भनिएको छ ‘तत्कालको लागि मिति २०७५/०४/०१ को निर्णयानुसार नै काठमाडौँभित्र रिङरोड, रिङरोडभित्र र कोटेश्वरबाट जडीबुटी सम्मको सडकखण्डमा बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मात्र टिपर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस