नेपाल-अष्ट्रेलिया साझेदारीको सहमती

काठमाडौं । नेपाल-अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ ।

संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । जलस्रोत व्यवस्थापनमा विश्वमा कहिलिएको मुलुक अष्ट्रेलियासँगको साझेदारीबाट नेपाल लाभान्वित हुने जल तथा शक्ति आयोगका सहसचिव माधव वेलबासेले बताए ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले साझेदारीका नयाँ क्षेत्र विस्तार गर्न आफ्नो मुलुक तयार रहेको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भरतपुरको होटलमा चिनियाँ नागरिक मृत भेटिए

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा चिनियाँ नागरिक मृत भेटिएका छन् । बर्षना होटलमा बस्दै आएका …

प्रतिकृया दिनुहॊस