काठामडौं । सेञ्चुरी कमर्सियल बैंकद्वारा विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिष्ट डा. बिनयकुमार रौनियार लगायत सम्पूर्ण टिमको सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा इसिजी तथा मुटु सम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहकवर्ग, शेयरधनी, कर्मचारी लगायत सर्वसाधारण गरी शिविरमा १५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरुका साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।




