८७ स्थानीय तह अझै वाणिज्य बैंकविहीन

काठमाडौं । ८७ स्थानीय तहहरुमा अझै वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८७ स्थानीय तहहरुमा वाणिज्य बैंक पुग्न नसकेको जनाएको हो ।

‘संघीयता कार्यान्वयनको क्रममा गठन भएका ७५३ स्थानीय तहहरुमध्ये २०७५ भदौ मसान्तसम्म ६६६ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुको उपस्थिति रहेको छ ।’ -राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ ।

कुन प्रदेशका कति तहमा पुगे ?
राष्ट्र बैंकका अनुसार प्रदेश एकका १३७ स्थानीय तहहरु मध्ये ११८ स्थानीय तहहरुमा मात्रै वाणिज्य बैंकको उपस्थिति पुगेको छ । प्रदेश २ का १३६ स्थानीय तहहरु मध्ये २३० मा, प्रदेश ३ का ११९ स्थानीय तहहरु मध्ये १०८ स्थानीय तहमा, प्रदेश ४ को ८५ स्थानीय तहहरु मध्ये ८० तहमा र प्रदेश ५ का १०९ स्थानीय तहहरु मध्ये १०६ स्थानीय तहहरुमा वाणिज्य बैंक पुगिसकेका छन् ।

यसैगरी कर्णाली प्रदेश (प्रदेश ६) का ७९ स्थानीय तहहरु मध्ये ५९ स्थानीय तहहरुमा र सुदुरपश्चिम प्रदेश ९प्रदेश ७० का ८८ स्थानीय तहहरु मध्ये ६५ तहहरुमा वाणिज्य बैंकका शाखा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस