निर्मला हत्या प्रकरण : एसपी डिल्लीराज विष्टसहित तीनैजनाको डीएनए मिलेन

काठमाडाैं । साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज बिष्टसहित तीनजनाको डिएनए रिपोर्ट आएको छ । प्रहरी स्रोतका अनुसार एसपी बिष्टसहितको रिपोर्ट निर्मलाको शरिरमा भेटिएको ‘भेजाइनल स्वाब’ सँग मिलेन ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा ‘भेजाइनल स्वाब’मा भेटिएको बलात्कारीको शुक्रकिटसँग उनीहरूको नमूना नमिलेको हो । स्रोतले भन्यो, ‘एसपीमात्र होइन एसपीका छोरा र मेयरका भतिजाको पनि रिपोर्ट म्याच गरेन।’ उनीहरु तीन जनाको रिपोर्ट आएको नेपाल प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

‘रिपोर्ट आएको भन्ने खबर छ, त्यसमा के छ भन्ने कुरा यहाँ जानकारी हुँदैन, लाहा छाप लगाएर सिल गरेर कन्चनपुर पठाइएको छ,’ उनले भने । कन्चनपुर प्रहरीले उक्त रिपोर्ट खोलेर हेर्ने पनि उनले जनाए । स्थानीयको विरोधपछि प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी बिष्ट, उनका छोरा किरण र स्थानीय आयुस बिष्टको डिएनए परीक्षण गरेको थियो । यसअघि मुख्यअभियुक्त भनी पक्राउ गरिएका दीलिपसिंह बिष्टको डिएनए पनि ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनलाई रिहा गरिएको थियो ।

गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी भीमदत्तनगर २ उल्टाखामकी निर्मला ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । साउन १० गते नै प्रहरीलाई निर्मला हराएको खबर गरेको भएपनि प्रहरीले खोजी कार्यमा लापरवाही गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस