प्रशिक्षक जिदान भन्छन्, ‘रियलको पुरानो लयलाई फर्काउने छु’

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षक जिनेदान जिदानले क्लबको पुरानो लयलाई फर्काउने बताएका छन् ।

रियलको मुख्य प्रशिक्षक बनेपछि बोल्दै प्रशिक्षक जिदानले क्लबको पुरानो शाखलाई फर्काउने बताए ।

‘म क्लबलाई फर्काउने छु । जहाँ यस क्लब रहेको थियो,’ प्रशिक्षक जिदानले भने ।

यस सिजन खराब प्रदर्शन कायम राखेपछि रियलले प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई प्रशिक्षक नियुक्त गरेको हो ।  रियलसंग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् ।

यस्तै जिदानले बाहिर बसेर हेर्दा रियल कठिन अवस्थामा रहेको बताए । तर, रियलको प्रशिक्षक बन्न आफु पूर्ण तयार भएको बताए ।

‘म केहि गर्न मड्रिडमा बस्न चाहन्छु । मैले मेरो उर्जा चार्ज गर्ने छु । र, म फेरी एक महान क्लबको प्रशिक्षक बन्न तयार छु,’ जिदानले थपे ।

जिदान क्लब छाडेको १० महिनापछि पुन: रियल फर्किएका हुन् । गत सिजनको च्याम्पियन्स लिग जिताएपछि जिदानले रियल छाडेका थिए ।

यस सिजन भने रियल उपाधिविहीन बन्ने देखिएको छ । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट बाहिरिसकेको छ ।

यस्तै ला लिगामा समेत रियल तेस्रो स्थानमा रहेको छ । रियल बार्सिलोना भन्दा १२ अंकले पछि छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस

This will auto close after