साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान खेल्ने

काठमाडाैँ । साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदैछ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा हुनेछ ।

महिला फुटबल प्रतियोगिताका सम्पुर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता सुरु गर्न लागिएको छ ।

प्रतियोगितामा सहभागी टिमका कोचसहित क्याप्टेनको उपस्थितिमा सोमबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले ट्रफीसमेत सार्वजनिक गरिसकेको छ ।

दिउँसो २ बजे उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।  तर पहिलो उद्घाटन खेल भने ३ बजे पछि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका टिमहरु सहभागी हुँदैछन् ।  अहिले  ६ वटै देशका राष्ट्रिय टिमहरु विराटनगर आइसकेका छन् । प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

साफ महिला च्याम्पियनसिपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस