News desk

अनाथालयलाई नेपाल बैंकको तीन लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले ललितपुरको धापाखेलमा सञ्चालित नवकिरण अनाथ असहाय बाल उत्थान समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकको संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत दसैँको अवसर पारि बाल उत्थानलाई तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । अनाथ समाजद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष जनार्दन शर्मा आचार्यले बाल उत्थान समाजका संरक्षक साईमाता सावित्री पोखरेललाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अनाथ बालबालिकाहरु सेवामा सहयोग गर्न पाएकोमा अध्यक्ष …

पुरा पढ्नुहॊस »

साझाले सुरु गर्‍यो अनलाइन टिकट बुकिङ

काठमाडाैं । लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था सुरु भएको छ । अनलाइनबाट टिकट लिन साझा यातायात र बस सेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको साझा यातायातले जनाएको छ । यात्रुहरूले अबदेखि ‘साझा यातायात डटकम डट एनपी’, ‘बससेवा डटकम’, ‘इसेवा डटकम डट एनपी’बाट सहजै टिकट काट्न सक्नेछन् । ‘ई-सेवा एकाउन्ट’ भएका यात्रुले सहजै आफ्नो मोबाइल …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का!

काठमाडाैं । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने विज्ञप्तिमा जनाएको छ । ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ/एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन् । बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने …

पुरा पढ्नुहॊस »

बिजुली बलेपछि स्थानीयवासीमा खुशीयाली

बाँके । बाँकेको राप्तीसोनारी–१ कुसुममा बिजुली बलेपछि स्थानीयमा खुशीयाली छाएको छ । ३२ वर्षदेखिको बिजुली बाल्ने सपना पूरा भएपछि स्थानीयवासी खुशी भएका हुन् । विसं २०४३ देखि घरको आँगन हुँदै राष्ट्रिय प्रशारण लाइन जोडिएपछि बत्ती बाल्ने आशा गरेका स्थानीयवासीको सपना पूरा भएसँगै खुशी भएका हुन् । सुगम जिल्लाको विकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत् विस्तारसँगै बिजुली बलेपछि स्थानीयवासी उत्साहित भएका छन् । सामुदायिक ग्रामीण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी …

पुरा पढ्नुहॊस »

धनुषामा १० वर्षीया बालिकाकाे बलात्कारपश्चात हत्या

धनुषा । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए । पक्राउ पर्ने दुवै मृतक बालिकाका छिमेकी हुन् । उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि …

पुरा पढ्नुहॊस »

नेपाल आइडलका टप ट्वान्टीका प्रतिस्पर्धीको दशैं तिहार गीत

काठमाडाैं । सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ को दोश्रो संस्करणमा टप ट्वान्टी सम्म पुगेका प्रतिस्पर्धीहरुले ‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । आशिष प्रसाईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा कलाकारहरु विश्वास उप्रेती, रवि शर्मा, करण जोशी, संजय सोब र सविन सुवेदीको संयुक्त आवाज रहेको छ । दशैं तिहारको छेको पारेर सार्वजनिक गरिएको भिडियोमा स्वयं कलाकारहरुले अभिनय गरेका छन् भने अन्य कलाकारले पनि शसक्त भूमिका निर्वाह गरेका छन् । गीतको शब्द विक्की महतले …

पुरा पढ्नुहॊस »

‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक

काठमाडाैं । आगामी मंसिर १४ गते रिलिज हुने फिल्म ‘शान्ति’ को गीत ‘बलेसीमा पानी खस्यो’ सार्वजनिक भएको छ । गीतमा दिनेश लिङदेनको शब्द, विकास चौधरीको संगीत र विकास तथा सशिका राईको स्वर छ। सुशिल क्षेत्री र निशा पोमुले फिचरिङ गरेको गीतमा जनक राईको कोरियोग्राफी छ । फिल्मका निर्देशकसमेत रहेका दिनेशका अनुसार फिल्मले वैदेशिक रोजगारीमा नेपालीहरूको यथार्थता, पारिवारिक, सामाजिक एवम् प्रेमकथालाई प्रस्तुत गर्नेछ । फिल्ममा सुशिल क्षेत्री, निशा पोमु, सुप्रिया श्रेष्ठ, …

पुरा पढ्नुहॊस »

दशैँमा पनि तलब पाएनन् कर्मचारीले

बैतडी । दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका …

पुरा पढ्नुहॊस »

हुम्लामा जनता बैंकका एकैपटक तीन नयाँ शाखा

काठमाडाैं । जनता बैंक नेपाल लिमिटेडले हुम्लामा एकैपटक तीन शाखा बिस्तार गरेको छ । हुम्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालीकामा एकै पटक तीन शाखा विस्तार गरेको हो । शुक्रबारबाट तीनै शाखाबाट सम्पूर्ण बैंकिङ कारोवार सुरु भएको छ । हरेक स्थानीय तहमा बैंकिङ सेवा संचालन गर्ने नेपाल सरकारको लक्ष्य अनुसार जनता बैंकले हुम्ला जिल्लाका तीन गाउँपालिकामा नयाँ शाखा बिस्तार गरेको हो । पहिलो दिन सबै शाखामा उत्साहजनक कारोवार भएको अदानचुली शाखा प्रमुख हरिचन्द्र …

पुरा पढ्नुहॊस »

किन पछि धकेलिँदैछ नेकपाको तल्ला कमिटीको एकता ?

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका लागि डाकिएको सचिवालय बैठक २७ गते बस्ने गरी स्थगित गरिएकोमा नेताहरूको व्यस्तता र गृहकार्य अभाव जनाउँदै ४ कात्तिकमा सारिएसँगै नेकपाको एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको हो। ‘नेताहरूको व्यस्तताले गर्दा बैठक पछि सारिएको हो,’ केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने, ‘आन्तरिक गृहकार्यपछि बैठक बस्छ ।’ यो खबर आजको नयाँ …

पुरा पढ्नुहॊस »