News desk

छोरी जन्मिएको थाहा पाएपछि अस्पतालमै छोडेर आमा फरार

काठमाडौं । पर्सामा अस्पतालमा छोरी जन्मिएको थाहा पाएपछि आमा फरार भएकी छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । उनी बच्चा जन्मिएपछि फरार भएकी हुन् । सुत्केरी व्यथा लागेपछि सासुसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले जनाएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाएका उनीहरूले दुवै जनासँग मोबाइल नभएको बताएका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौं । नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको स्थिर छ ।

पुरा पढ्नुहॊस »

बैंकर्स फुटसल प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौँ । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो । उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागिता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ६–२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना …

पुरा पढ्नुहॊस »

आजदेखि दादुरा-रुबेला खोप अभियान, ५७ लाख ४२ हजार बालबालिकालाई खोप दिने लक्ष्य

काठमाडौं । दादुरा- रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्यका साथ अभियान सुरु गरेको हो । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइएको स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ । अभियान चैत ७ गतेसम्म चल्नेछ । दादुरा-रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै …

पुरा पढ्नुहॊस »

रोटरी क्लबद्वारा रोटरी डेको उपलक्ष्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

काठमाडौँ । रोटरी ई क्लब ३२९२ ले ११९ औं रोटरी जन्मोत्सवको उपलक्ष्यमा कृष्टल फुड क्याफे , शंखमुलमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढाउने कार्यक्रम सम्पन्न गरेको छ । क्लबले ११ फाल्गुण गते ‘मानसिक सुस्वास्थ्यका लागि ‘सुरुवात म बाटै’ भन्ने विषयमा कार्यक्रम गरेको हो । मनोपरामर्शदाता कपिल शर्माले कार्यक्रम सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा मन, सोच , भावना र व्यवहारको अन्तरसम्बन्ध तथा परिस्थिति र मनस्थिति बिचको सम्बन्ध र अवसरहरूको बारेमा छलफलहरू …

पुरा पढ्नुहॊस »

सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला

काठमाडौँ । सर्बोत्तम सिमेन्टले सर्वसाधारणका लागी आईपिओ बिक्री खुला गरेको छ । बुक बिल्डिङबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि कम्पनीले आइतबार आवेदन खुल्ला गरिएको हो । कम्पनीले ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा आवेदन गर्दा लगानीकर्ताको बैंक खातामा न्यूनतम १८ हजार ५ रुपैयाँ मौज्दात हुन पर्ने देखिन्छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । संस्थागत …

पुरा पढ्नुहॊस »

जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत, अमेरिकन युवक नियन्त्रणमा

काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ स्थित मिर्सामा भिरबाट खसेकी जर्मन नागरिकको शव निकालिएको छ । सशस्त्र प्रहरी बलको उद्धार टिमले जर्मन घर भएर पोखरा घुम्न गएकी प्ला जोसको शव निकालेको हो । आइतबार बिहान सशस्त्र प्रहरी बल नम्बर-२४ कालिका गणबाट खटिएको टोलीले रुखमा अड्किएको अवस्थामा शव निकालेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले बताए । उद्धारकर्मीहरूले डोरीको सहायताले शव निकालेका हुन् । शनिवार साँझ पिया भिरबाट खसेको भन्दै सँगै घुम्न …

पुरा पढ्नुहॊस »

एमालेको बटमलाइन : बदनियत र छानबिनमा परेका मन्त्रीहरुलाई तत्काल बर्खास्त गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले तीन मन्त्रीको बर्खास्तको माग राखेर आज (आइतबार) पनि संसदमा अवरोध गरेको छ । नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । ‘बालकुमारी घटानका दोषी भौतिकमन्त्री । आदेश दिने गृहमन्त्रीको बर्खास्तको आवाज उठाइरहेका छौँ । अख्तियारको निगरानीमा रहेका …

पुरा पढ्नुहॊस »

वडा कार्यालयभित्र युवती शव भेटियो, भर्खरै भएको थियो बिहे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रेम सम्बन्धपछि केही महिना पहिलेमात्रै बिहे गरेकी उनी भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि …

पुरा पढ्नुहॊस »

आफ्ना राष्ट्रिय सभाका सांसदलाई प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्यहरूलाई प्रशिक्षण दिँदैछ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो । छलफल कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ । कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ …

पुरा पढ्नुहॊस »