News desk

खल्ती र गरिमा विकास बैंकबिच डिजिटल रूपान्तरणका लागि सम्झौता

काठमाडौँ । डिजिटल वालेट खल्ती र गरिमा विकास बैंक लिमिटेडबिच डिजिटल भुक्तानीका लागि रणनीतिक सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारी सँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप– गरिमा डिजिटल बटुवा बाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती …

पुरा पढ्नुहॊस »

स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट आजदेखि कारोबार शुभारम्भ गरेको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- तपाईँको उथलपुथल कति दिन रहन्छ, हेरौँला !

काठमाडौं । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई धोका दिँदै हिँडेको र कुनै दिन ती धोका खाएकाहरू मिले भने के होला भन्ने हेक्का राख्न चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे । ‘हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला ?’ उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको चाडपर्व विशेष योजना सार्वजनिक

काठमाडौँ । सानिमा बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरुका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि, ग्राहकहरुले आफूले महाशिवरात्री, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५ देखि लागू हुने बैंकले जनाएको छ । छुट प्राप्त …

पुरा पढ्नुहॊस »

५ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको पाँच लाख २५ हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ कित्ता र बलराम न्यौपानेको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित …

पुरा पढ्नुहॊस »

मेरो लागि पद ठुलो होइन्, जोखिम मोलेरै नयाँ विकल्प रोजेँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताएका हुन् । ‘मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म संकल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता …

पुरा पढ्नुहॊस »

प्रचण्डबाट राजनीतिक बेइमानी भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । भर्खरै सकिएको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको बताए । ‘कांग्रेस सबै गठबन्धनप्रति इमानदार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौँ । तदनुसार नै काम गरौं,’ उनले भने, ‘प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो …

पुरा पढ्नुहॊस »

लगातार तेस्रो दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार थप १५ सयले बढेर १ लाख २५ हजार रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार …

पुरा पढ्नुहॊस »

क्यान्सर पीडित कीर्तिपुर-१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सर रोगबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । महर्जनलाई हिजो नै अस्पतालबाट घर लगिएको थियो । ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर-१ को अध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका २ वटा वडाध्यक्षविहीन …

पुरा पढ्नुहॊस »

सहकारी ठगीमा मुछिएका व्यक्ति नै गृहमन्त्री बनेपछि सरकारलाई समर्थन गर्न सकिएन : जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । जनमोर्चाले ६ बुँदामा समर्थन फिर्ता लिनुको कारण बताउँदै सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप जनमोर्चाले लगाएको छ । ‘प्रतिगामी दिशा-उन्मुख एमाले तथा अमेरिकी साम्राज्यवादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व जुन सहकारीको करोडौँ रुपैयाँ …

पुरा पढ्नुहॊस »
This will auto close after