आफ्ना राष्ट्रिय सभाका सांसदलाई प्रशिक्षण दिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्यहरूलाई प्रशिक्षण दिँदैछ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो ।

छलफल कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ । कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप