News desk

क्यानडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं । कास्की- क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई विदेशीसहित ६ जना पक्राउ परेका छन् । मंगलबार कास्की प्रहरीले पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटीका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय ईस्मत कौर रहेका छन् । यस्तै, पोखरा–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनार, पोखरा–९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया …

पुरा पढ्नुहॊस »

अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै (प्रक्रियासहित)

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो । कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचनको मतदान जारी, बेलुकासम्म नतिजा आइसक्ने

काठमाडौं । सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहान ९ बजेखि मतदान सुरू मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । मतदान सकिएको तीनरचार घण्टाभित्रै परिणाम घोषणा हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

पुरा पढ्नुहॊस »

मेनुका पौडेलले अब आँखा देख्न सक्ने !

काठमाडौं । इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भइसकेकी मेनुका पौडेल उपचारपछि देख्न सक्ने हुने बताइएको छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले हिंड्न, मान्छे चिन्न र पढ्नसक्नेछन् । मेनुकालाई यो उपचारमा इण्डियन आइडलले मद्दत गर्ने भएको हो । आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने …

पुरा पढ्नुहॊस »

दैलेखमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको पश्चिमी भैरवी गाउँपालिका-१ मा रहेको जलजलेमा दोस्रो तथा अन्तिम चरणको पेट्रोलियम पदार्थको अन्वेषणको ८० प्रतिशत काम सम्पन्न भएको हो । पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएका छन् ।

पुरा पढ्नुहॊस »

त्रिवि उपकुलपतिमा पहिलोपटक महिला प्रतिस्पर्धी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इतिहासमै पहिलोपटक उपकुलपतिका लागि महिलाको आवेदन परेको छ। शिक्षा मन्त्री एवं सहकुलपति अशोक राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपकुलपति सिफारिस समितिले कार्यविधि बनाएर खुला रूपमा आवेदन मागेको थियो। आवेदन दिने अन्तिम म्याद यही माघ १० गतेसम्म उपकुलपतिका लागि ४३ जना प्राध्यापकले आवेदन दिएका छन्। जसमा २ जना महिला छन्। उपकुलपति सिफारिस समिति सदस्य चन्द्रकला घिमिरेका अनुसार त्रिविको इतिहासमै पहिलोपटक उपकुलपति पदका लागि दुई महिला …

पुरा पढ्नुहॊस »

वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचन आज, ९ बजेदेखि मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ । फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदका लागि आज हुन लागेको हो । एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् । निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता छन् । मधेसमा ३७४, …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६० पैसा र बिक्री दर १४५ रुपैयाँ २६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १४ पैसा र बिक्री दर १६९ रुपैयाँ ९० पैसा रहेको छ । कतारी …

पुरा पढ्नुहॊस »

आजदेखि स्वस्थानी व्रत कथा प्रारम्भ, यस्तो छ महिमा

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन् । वैदिक सनातन धर्मावलम्बी पनि विशेषगरी नेपालमा बसोवास …

पुरा पढ्नुहॊस »