वडा कार्यालयभित्र युवती शव भेटियो, भर्खरै भएको थियो बिहे

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन् । आइतबार बिहान वडा कार्यालयको सभाहलभित्र उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रेम सम्बन्धपछि केही महिना पहिलेमात्रै बिहे गरेकी उनी भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती हुन् । उनी श्रीमानसँगै वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ ।

माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।

बिहान ४ बजेतिर मर्निङ्गवाकमा जानेले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस