बैंकर्स फुटसल प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौँ । दोस्रो चितवन बैंकर्स फुटसल प्रतियोगिता २०२४ को उपाधि कामना सेवा विकास बैंकले जितेको छ । ‘स्वस्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १२ गते भरतपुर चितवनमा बैंकर्स फुटसल प्रतियोगितामा कामना सेवा विकास बैंक विजेता भएको हो ।

उक्त प्रतियोगिताको खेलमा २६ बैंकको सहभागिता रहेको थियो । सो प्रतियोगिताको फाइनल खेलमा कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ६–२ ले हराउँदै उपाधि जितेको छ । विजेता टिम कामना सेवा विकास बैंकलाई ट्रफी, मेडल, प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी …

प्रतिकृया दिनुहॊस