एमालेको बटमलाइन : बदनियत र छानबिनमा परेका मन्त्रीहरुलाई तत्काल बर्खास्त गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले तीन मन्त्रीको बर्खास्तको माग राखेर आज (आइतबार) पनि संसदमा अवरोध गरेको छ ।

नेकपा एमालेले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज प्रतिनिधि सभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

‘बालकुमारी घटानका दोषी भौतिकमन्त्री । आदेश दिने गृहमन्त्रीको बर्खास्तको आवाज उठाइरहेका छौँ । अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री बहाल रहन मिल्दैन । रामग्राम निजी क्षेत्रलाई ९९ वर्ष लिजमा दिने पर्यटमन्त्री र ह्लारक्याल लामालाई बर्खास्त गर्नुपर्छ भनेर आवाज उठाइरहेका छौँ,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने ।

मन्त्रीले राजीनामा नदिने प्रधानमन्त्रीले जवाफ नदिने काम भएको छ । गत ६ गतेदेखि लगातर एमालेले यो विषय उठाइरहेको छ । सभामुख देवराज घिमिरेले यो विषयमा रुलिङ समेत गरेका छन् । तर, सरकारको तर्फबाट जवाफ आएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस