News desk

आज शहीद दिवस : सहिदको संख्या १४ हजार ६८०

काठमाडौं । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्नुभएका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी मनाउने गरिएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन इतिहासका विभिन्न काल खण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका क्रान्ति तथा लोकतान्त्रिक जनआन्दोलनमा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी निर्वाचित

काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था)को अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरेको छ । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ …

पुरा पढ्नुहॊस »

नागरिकता दुरूपयोग गरी बैंक खाता खोल्ने महिला पक्राउ

काठमाडौँ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले …

पुरा पढ्नुहॊस »

जनताको आत्मसम्मानमा चोट पुग्ने काम गर्नु हुँदैन : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका तथा राज्य सञ्चालनमा रहेका पदाधिकारी तथा सम्बद्ध सबैले जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षणका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले नै राज्यशक्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेकाले जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने धारणा राखे । उपप्रधानमन्त्री खड्काले भने, ‘राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडाैं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ। उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो। एसएक्ससी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो। जहाँ सहभागीलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिएको थियो। कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी विजेता टिमलाई ६ महिनाका लागि …

पुरा पढ्नुहॊस »

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे ।

पुरा पढ्नुहॊस »

सर्वसाधारणलाई रिलायन्स स्पिनिङको सेयर आठ सय २० रूपैयाँमा

काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको छ । योग्य संस्थागत लगानीकर्ताहरुले पेस गरेको बोलपत्रको आधारमा सोमबार तय गरिएको मूल्यमा उक्त रेट कायम भएको हो । यद्यपि, आधिकारिक रुपमा नै कम्पनीको प्रिमियम कट अफ मूल्य कायम भइनसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । कम्पनीको प्रिमियम मूल्य बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । …

पुरा पढ्नुहॊस »

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाखकाे बिमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत मंसिर २२ गते मलेसियामा ज्यान गुमाएका सल्यानको कालिमाटी गाउँपालिका– ५ निवासी रामबहादुर घर्तिकी श्रीमती काशीमाया घर्तीलाई घरमै पुगेर कम्पनीको सुर्खेत शाखाले बिमा दाबी भुक्तानी गरेको हो । मृतक बिमित रामबहादुरको बिमा रकम सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी तथा जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहबरमा भुक्तानी गरिएको बताइएको छ ।

पुरा पढ्नुहॊस »

२०२४ को भिजा एक्सेलेरेटर कार्यक्रममा नेपालमा फिनटेकहरूबाट आवेदन खुला

काठमाडौँ । नेपालमा स्टार्टअप विकासको सम्भावना खुलाउने लक्ष्यसहित डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी कम्पनी ‘भिजा एक्सेलरेटर’ कार्यक्रमको चौथो संस्करणको घोषणा भएको छ । कम्पनीले भिजाका भुक्तानी विशेषज्ञहरूसँगको सहकार्यमा स्टार्टअप विकासको सम्भावना बढाउन चौथो संस्करणको आवेदन खुला गरेको हो । २०२४ संस्करणले नयाँ अवसर क्षेत्रहरू – कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित छ । कार्यक्रमको …

पुरा पढ्नुहॊस »