News desk

फ्रान्सको शीर्ष डिभिजन लिग खेल्दै साम्बा

काठमाडौं । नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् । गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया दिँदै आफू उत्साहित बनेको बताएकी छन् । साम्बाले गुइनगाम्पमा आफ्नो मेडिकल समेत पुरा गरिसकेकी छन् । उनले यसअघि इजरायलको लिग खेलेकी थिइन् । गुइनगाम्प हाल …

पुरा पढ्नुहॊस »

कामपाले वर्गीकरण गरेको फोहर मात्र व्यवस्थापन गर्ने, कसरी गर्ने वर्गीकरण ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए …

पुरा पढ्नुहॊस »

रुसी सेनाबाट बाँचेर नेपाल आएका सुमन भन्छन्- हामीलाई नापी नापी हान्छन्

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरूले नेपालीहरूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरूले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरूलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । सरकारले के गर्दा उनीहरूलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरूको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्किएका खोटाङका सुमन राईले नेपालीहरूलाई सेनामा भर्ती …

पुरा पढ्नुहॊस »

निधन भएको भनिएकी पुनम पाण्डे जीवितै,कसरी चल्यो हल्ला ?

काठमाडौँ । शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् । आज एक भिडिओ सन्देश पोस्ट गर्दै उनले माफी समेत मागेकी हुन् । शुक्रबार बिहान उनको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको थियो । पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पुनमलाई गुमाउनु भएको जानकारी गराउँदा …

पुरा पढ्नुहॊस »

आगोले जलेर दुई महिलाको मृत्यु

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको हो । खाना पकाउने क्रममा जलेर लक्ष्मीको मृत्यु भएको हो भने देवकीको घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो । लक्ष्मीको बिहीबार राति खाना पकाउने क्रममा कपडामा आगो सल्किएको कारण जलेर मृत्यु भएको …

पुरा पढ्नुहॊस »

ट्राफिक जवान महतोमाथि कार्यालयमै छुरा प्रहार

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ। महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए। उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय …

पुरा पढ्नुहॊस »

नेशनल लाइफले अभिकर्तालाई गरायो लुम्बिनी र रानीमहल भ्रमण

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । लुम्बिनी लक्जरी टुरअन्तर्गत उत्कृष्ट अभिकर्ताहरूलाई लुम्बिनी र रानी महल भ्रमण गराइएको कम्पनीले जनाएको छ । भ्रमणमा कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू र देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका करिब ४०० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताले भ्रमणमा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उपप्रमुख …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई मर्चेन्टका ग्राहकले कालिञ्चोक केबलकारमा छुट पाउने

काठमाडाैं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड र कालिञ्चोक दर्शनबीच व्यावसायिक सहकार्य गर्ने सहमति भएको छ । जसअनुसार नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा डिम्याट खाता भएका ग्राहकले कालिञ्चोक दर्शन लिमिटेडको केबलकारमा छुट पाउने भएका हुन् । सहमतिपत्रमा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीले हस्ताक्षर गरेको जनाइएको छ । सहमतिपत्रमा उल्लेख भएबमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाता खोली डिम्याट खाता सञ्चालन गर्दै …

पुरा पढ्नुहॊस »

बाँसबारी जग्गा प्रकरण अरुण र अजितनारायणलाई चिरायुबाट ग्रान्डी अस्पताल लगियो

काठमाडौं । सरकारी जग्गा व्यक्तीको नाममा ल्याइएको प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र बाँसबारी जुत्ता कारखानाका तत्कालिन प्रमुख अजित नारायणसिंह थापालाई ग्रान्डी अस्पताल सारिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) स्रोतका अनुसार शुक्रबार उनीहरुलाई चिरायुबाट ग्रान्डी अस्पताल लगिएको हो । चिरायुले रिफर गरेपछि ग्रान्डी लगिएको सीआईबीले बताएको छ । त्यसअघि बिहीबार उनिहरुलाई चिरायु भर्ना गरिएको थियो । काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि ४ दिनको म्याद दिएपछि थापा र चौधरीलाई अस्पताल …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको आज माघ १९ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो । बैठकले २०८० /३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु …

पुरा पढ्नुहॊस »