ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड ४० लाख ५३ हजार चार सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४४ लाख पाँच हजार तीन सय बराबरका प्रतिशेयर रु एक सय दरका पाँच लाख ४४ हजार ५३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र दैलेखका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो ।

त्यसमा अतिप्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ का बासिन्दाका लागि दुई लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ बाहेकका बासिन्दाका लागि दुई लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ । त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने एक लाख आठ हजार आठ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ ।

स्थानीय लगानिकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ७ मा हुने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ३० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्ने छ ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, एनआइसी एशिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले दैलेखको नौमुले–३ मा तीन दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख २३ देखि सञ्चालनमा आइसकेको छ । आयोजनाको कूल लागत रु ७३ करोड १९ लाख ७८ हजार आठ सय आठ रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बजाजको ग्रान्ड कार्निभलमा नयाँ खरिद र साटासाट गर्ने सुविधा

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड …

प्रतिकृया दिनुहॊस