News desk

स्कुल बसमा सवार बालकको टाउको रुखमा ठोक्कियो, उपचारको क्रममा मृत्यु

काठमाडौँ । स्कुल बसमा यात्रा गरिरहेका एक बाकल रुखमा ठोक्किएर मृत्यु भएको छ । काठमाडौँको लाजिम्पाटस्थित बेष्टस् मन्टेश्वरी इलिमेन्टरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो । बुधबार साढे ३ बजे स्कुल बिदापछि बा १ क ४६४२ नम्बरको स्कुल बसमा चढेका उनी झ्यालबाट टाउको बाहिर निकालेर शिक्षकलाई ‘बाईबाई’ भन्दै थिए । लगत्तै चालकले बस अघि बढाएपछि आयुष्मानको टाउको सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो । घटनापछि उनलाई उपचारका …

पुरा पढ्नुहॊस »

१०० मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइने

काठमाडौं । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल सामग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने भएको छ ।

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बुधबार सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । सन्दीपको तर्फबाट पनि दुई जना कानुन व्यवसायीले बहस गरे । प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मंगलबार …

पुरा पढ्नुहॊस »

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र आज (बिहीबार) सार्वजनिक हुने भएको छ । ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन लागेको यो पार्टीले बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमका बीच घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । केही महिना अघि मात्र दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको छ तर प्रदेशसभामा उम्मेदवारी दिएको छैन ।

पुरा पढ्नुहॊस »

गगन भर्सेस राजन, यसपटक कसले मार्ला बाजी ?

काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो काठमाडौँको क्षेत्र नम्बर ४ हो । यस क्षेत्रबाट काँग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रको चर्चा सबै …

पुरा पढ्नुहॊस »

ओली भोलि दार्चुला जाँदै, एमालेको चुनावी सभा पश्चिमबाट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी सभा पश्चिम नेपालबाट शुरु गर्ने भएको छ । एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान शुरु गर्ने भएको हो । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट …

पुरा पढ्नुहॊस »

महिला सम्पादक/प्रकाशकले प्रेस काउन्सिल समक्ष राखे पाँच बुँदे माग

काठमाडौँ । महिला सम्पादक/प्रकाशकले प्रेस काउन्सिल समक्ष पाँच बुँदे माग राखेका छन् । उनीहरूले विविध चुनौतीकाबीच पत्रकारितामा सक्रिय महिलाहरूले भोग्नु परेका पेसागत समस्या सम्बोधनको माग राख्दै बुधबार काउन्सिल समक्ष ध्यानाकर्षण पत्र पेश गरेका हुन् । नवीन सन्देश मासिकका सम्पादक कल्पना शर्मा, नेपाली सरोकार मासिकका सम्पादक रमा वली र पूर्ण मासिकका सम्पादक सम्झना वनले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई ध्यानाकर्षण बुझाएका छन् । हुबहु सम्बन्धमा, वर्गीकरण समस्या, २० वर्ष पत्रकारितामा …

पुरा पढ्नुहॊस »

सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न–गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हा । आयोगले निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन भनेको छ । मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा …

पुरा पढ्नुहॊस »

धनगढीमा सडक क्षेत्रभित्र पर्ने संरचाना हटाउन थालियो

काठमाडाैँ । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रको सडक चौडा पार्न सडकको क्षत्रभित्र पर्ने संरचना हटाउन थालेको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सम्मको सडक छेउका संरचना हटाउन डोजर लगाएको हो । बुधबार मुख्य बजारस्थित सेती प्रादेशिक अस्पतालले निर्माण गरेका भवनमा उपमहानगरपालिकाले डोजर लगाएको हो । धनगढी उपमहानगरपाकिलाले हाल सञ्चालनमा रहेको सडकलाई ३० मिटर चौडा बनाउने भन्दै सो क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई …

पुरा पढ्नुहॊस »

रुपन्देहीमा दुई किशोरीमाथि सामुहिक बलात्कार

काठमाडाैँ । रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका तीन जनालाई पक्राउ परेका छन् । सैनामैना–११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुई जना किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले पक्राउ परेका आरोपीले घटनामा संलग्न थप तीन जनाको नाम बताएका छन् । उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू …

पुरा पढ्नुहॊस »