News desk

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ४ बाट लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थापाले घरदैलो कार्यक्रममा दुई वर्षभित्र खहरे खोलाको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । “खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ”, उनले भने । आगामी दुई वर्षभित्र खहरे खोलाको समस्या …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारी आइसल्याण्डबाट स्वदेश फिर्ता

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान स्वदेश फर्किएकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ कार्यक्रममा सहभागी हुन २१ कात्तिकमा आइसल्याण्ड पुगेकी भण्डारी स्वदेश फर्किएकी हुन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले स्वागत गरेका थिए । भण्डारीले आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’मा सम्बोधनसमेत गरेकी थिइन् । उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’समेत ग्रहण गरेकी थिइन् …

पुरा पढ्नुहॊस »

टोंगामा ७ दशमलब १ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

एजेन्सी । टोंगामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार अबेर राति टोंगाको समुन्द्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । सर्वेक्षणका अनुसार उक्त भूकम्प प्रशान्त महासागरीय द्वीपसमूह राष्ट्रको उत्तरपूर्वमा रहेको नेयाफु शहरको करिब २०० किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर (छ माइल) गहिराइमा परेको थियो ।

पुरा पढ्नुहॊस »

ओलीलाई हर्क साम्पाङको जवाफ- कोशीको पानी ल्याउने गफ दिएछ हाउडेले !

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एमाले अध्यक्ष केपी ओलीलाई धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिएको आरोप लगाएका छन् । ओलीले शुक्रबार धरानमा मेयर छान्न नजानेको अभिव्यक्ति दिएपछि साम्पाङले सामाजिक सञ्जालमा टिप्पणी गर्दै धराने जनताको सार्वभौम सत्ताको अधिकारलाई चुनौती दिने र अपमानित गर्नेलाई के थाहा उसको पार्टीले ३० वर्षमा गर्न नसकेको काम आफूले ४ महिनामा पूरा गरेको समेत बताएका छन् । उनले भनेका छन्- ‘मेयर छान्न जानेनौ भनेर …

पुरा पढ्नुहॊस »

मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टिम घोषणा

काठमाडौं । अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले विश्वकप खेल्ने २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । स्कालोनीले टिममा एन्जल डी मारिया र पाउलो डिबालालाई समेटदै टिमको घोषणा गरेका छन् । अर्जेन्टिनाको टिम : गोलकिपर: इमिलियानो मार्टिनेज (एस्टन भिल्ला) जेरोनिमो रुली (भियारियाल) फ्रान्को अर्मानी (रिभर प्लेट) डिफेन्डर: नहुएल मोलिना (एट्लेटिको म्याड्रिड) गोन्जालो मोन्सियल (सेभिया) क्रिस्टियन रोमेरो (टोटनह्याम) निकोलस ओटामेन्टी (बेनिफिका) जर्मन पेजेला …

पुरा पढ्नुहॊस »

जी-२० सम्मेलनमा सी र बाइडेनबीच भेटवार्ता हुने

काठमाडाैँ ।  चीनका राष्ट्रपति सी जिनपिङले अर्को हप्ता इन्डोनेसियामा हुने जी २० शिखर सम्मेलनमा भाग लिने क्रममा अमेरिकी समकक्षी जो बाइडेनलाई भेट्ने भएका छन् । बेइजिङको विदेश मन्त्रालयले सीले बाइडेनलाई भेट्ने पुष्टि गरेको छ हो । चिनियाँ राष्ट्रपतिले गत महिना ऐतिहासिक तेस्रो कार्यकालको नेतृत्वमा हस्ताक्षर गरेपछि यो पहिलो भेटवार्ता हुनेछ । जनवरी २०२१ मा बाइडेनले पदभार ग्रहण गर्नुअघि दुई जनाबीच भेट भएको थियो । त्यसपछि धेरै पटक फोनमा वार्ता गरेका …

पुरा पढ्नुहॊस »

मनीषा कोइराला लक्षित बाबुरामको टिप्पणी- गणतन्त्र उल्टिँदैन, समय बर्बाद नगरौँ

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बगेको खोलो फर्किँदैन भन्दै राजतन्त्र फेरी नआउने बताएका छन् । सामाजिक सञ्जालमा शनिबार बिहान टिप्पणी गर्दै डा. भट्टराईले जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन् । शुक्रबार राप्रपाको कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको सम्बोधनतर्फ लक्षित गर्दै डा. भट्टराईले जतिसुकै ठुलो सेलिब्रिटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताउँदै यस्ता उडन्ते कुरालाई महत्त्व नदिन र समय र शक्ति बरबाद …

पुरा पढ्नुहॊस »

नाइट क्लबमा युवापुस्तासँग झुमे ओली (तस्बिरहरू)

काठमाडौं -नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मध्यरातमा एक नाइट क्लबमा पुगेका छन् । ओली गएराति ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेका हुन् ।उनी ऱ्याप गीत सार्वजनिक गर्न आयोजित कार्यक्रमका लागि भनेर नाइट क्लब पुगेका हुन् । ओली त्यहाँ पुग्दा समर्थकले ‘केपी ओली हाइ हाई’ लगायतका नारा लगाएका थिए ।एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीतसमेत बजाउन लगाएका थिए । र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए …

पुरा पढ्नुहॊस »

यूएईविरुद्ध श्रृंखला खेल्ने टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार राति रोहित पौडेलको कप्तानीमा युएईविरुद्धको तीन एक दिवसीय श्रृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले शुक्रबार नै उपकप्तान रोहितलाई कप्तानमा नियुक्त गरेको थियो । नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबारबाट युएईविरुद्ध तीन एक दिवसीय श्रृंखला खेल्दैछ । श्रृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ । नेपाली टोली रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, सोमपाल काम, करण …

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज (शनिबार) सुदूरपश्चिम प्रदेश जाँदैछन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको शुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्नेछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम …

पुरा पढ्नुहॊस »