एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज (शनिबार) सुदूरपश्चिम प्रदेश जाँदैछन् ।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको शुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले १८ कात्तिकमा दाुर्चला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री