काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो।
प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यसपटक सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ।
तपाईंको प्रतिकृया



