काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । नाबालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।
बन्द प्रशिक्षण बिहीबारदेखि हुने भनिएपनि बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएका थिए। नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।
यता, नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथि आज पहिलो सुनुवाइ हुँदै छ।
तपाईंको प्रतिकृया



