News desk

एकसाता अघिमात्रै गृहप्रवेश गरेकी थिइन् कार दुर्घटनामा परेकी डाक्टर सञ्जु

काठमाडौँ । बाँकेमा भएको कार दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्का एकसाता अघि मात्रै गृहप्रवेश गरेको खुलेको छ । उनको परिवारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा नयाँ घर बनाएका थिए । सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन् । उनी एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौँ फर्किएकी थिइन् । मंगलबार काठमाडौँबाट घर जाँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको हो । मृतक सञ्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर …

पुरा पढ्नुहॊस »

आज निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन

काठमाडाैं । वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ १ महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । …

पुरा पढ्नुहॊस »

बालेनले गरे ६८ स्वास्थ्यसंस्थालाई कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई अनुरोध

काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्टाई निःशुल्क उपचार उपलब्ध गराउने सम्बन्धमा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन् । मङ्गलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई भेटेर मेयर शाहले सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउन ध्यानाकर्षण गराएका हुन् । छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको …

पुरा पढ्नुहॊस »

स्मार्ट फोनको लतले निम्त्याउँदै मानसिक समस्या

तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छरु तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् किरु समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ! काठमाडौंकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन्। घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन्। यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए। …

पुरा पढ्नुहॊस »

रेशम चौधरीको आममाफीविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौं । टीकापुर नरसंहारमाका दोषी ठहर पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिएपछि सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ हुँदैछ । शारदा बोहरा कडायतले आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् । हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले गत जेठ २ गते मात्रै सदर गरेको …

पुरा पढ्नुहॊस »

नापतौल कार्यालयका अधिकृतको चार करोड बढी गैरकानुनी आम्दानी

काठमाडौं । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो । यादवले सरकारी सेवामा प्रवेश गरेदेखिको २४ वर्षको अवधिमा गरेको वैधानिक आम्दानी र …

पुरा पढ्नुहॊस »

चितवनमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको गयो ज्यान

काठमाडाैं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन राप्ती नगरपालिका– ४ मार्ताल पुल नजिक ट्रकले दिएको ठक्करका कारण साइकल चलाइरहेका एक जनाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार गएराति मंगलबार पौने १० बजे भएको घटनामा राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको मृत्यु भएको हो । साइकल चलाइरहेका उनलाई पूर्वबाट पश्चिम नारायणगढतर्फ आइरहेको बा प्र ०३–००१ ख १८६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । टाउको, अनुहार र …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमणमा जाँदै, यस्तो छ तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा जाँदैछन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ । गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत जाँदैछन् । यो उनको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तालिका रहेको छ । उनले भोलि जेठ …

पुरा पढ्नुहॊस »

कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु, चालक पनि बिते

काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौँबाट कोहलपुरतर्फ जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका-५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका …

पुरा पढ्नुहॊस »