News desk

इसेवा मनी ट्रान्सफरमार्फत पैसा पठाएका पूर्णबहादुरले जिते काठमाडौंमा घर

काठमाडाैं । डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएईमा बस्ने पूर्णबहादुर श्रेष्ठले घर जितेका छन् । जेठ १२ गते शुक्रबार, इसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेसडरहरू र कम्पनीका कार्यकारी अधिकृतले कम्पनीको आधिकारिक फेसबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा श्रेष्ठले घर जित्न सफल भएका हुन् । श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेको कम्पनीले …

पुरा पढ्नुहॊस »

जलहरीको कुरा नउठाउने तीन नेताबीच सहमति

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको जलहरीमा लगाइएको ‘आरोप’ रेकर्डबाट हटाउने सहमति भएको छ । सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा यस्तो सहमति भएको हो । सिंहदरबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष ओलीको संलग्नता नरहेको सदनलाई जानकारी गराउने सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । प्रधानमन्त्रीजीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सम्बन्धित पनि होइन, जुन कुरा अभिव्यक्त भयो त्यो कुरा सही छैन, …

पुरा पढ्नुहॊस »

रेशमको रिहाइ र नागरिकता विधेयक प्रमाणीकरण ढिलो नगरौँ : बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत थारु विद्रोहका नेतालाई राष्ट्रपतिबाट सजाय माफी दिन ढिलो गर्न नहुने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा भट्टराईले चौधरीलगायतलाई माफी मिनाहा गर्न कुनै ‘किन्तु परन्तु’ गर्न नहुने बताएका हुन् । उनले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक जारी गर्न पनि विलम्ब गर्न नहुने बताएका छन् । ‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौँको सङ्ख्यामा …

पुरा पढ्नुहॊस »

संसद्‌मा आज प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्ने भएको हो । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका तराईका केही स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :-

पुरा पढ्नुहॊस »

जनमत पार्टीले गर्याे दुई सांसदलाई निष्कासन

काठमाडौं । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मुर र विनिता सिंहलाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हाे। मुर्मुर मोरङकी समानुपातिक सांसद हुन् भने सिंह सिरहाकी सांसद हुन्। उनीहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतले आरोप लगाएको छ।

पुरा पढ्नुहॊस »

काजकिस्तानसँग पराजित हुँदै उपाधि होडबाट बाहिरियो घरेलु टोली नेपाल

काठमाडौं । काजकस्तानले नेपाललाई पराजित गर्दै काभा महिला भलिबलको फाइनलमा पुगेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न दोस्रो सेमिफाइनलमा काजकस्तानले नेपाललाई ३-२ सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । काजकस्तानले नेपाललाई ३०-२८, १६-२५, १५-२५, २५-१७ र १५-७ को सेटमा पराजित गरेको थियो । अब फाइनलमा काजकस्तानले भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकस्तानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । …

पुरा पढ्नुहॊस »

हेली एभरेष्टका पाइलट सस्पेन्ड, हेलिकप्टर उडानमा प्रतिबन्ध

काठमाडौँ । नागरिक उडड्यन प्राधिकरणले हेली एभरेष्टका पाइलट साइमन मोरोलाई सस्पेन्ड गरेको छ । प्राधिकरणले सुरक्षा मापदण्ड पुरा नगरेको भन्दै पाइलट मोरोलाई सस्पेन्ड गरेको जानकारी दिएको हो । साथै प्राधिकरणले गेली एभरेष्टको हेलिकप्टर 9N-AKP (AS350 B3e लाई अर्को सूचना नभएसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।

पुरा पढ्नुहॊस »

भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने

काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार इन्धन टर्मिनल ट्यांकी विरगञ्जबाट लोथरभण्डाराको नेपालले बनाउने र उतातिर सिलगुडि चारआलिस भारतले बनाउने निर्णय भएको बताए ।

पुरा पढ्नुहॊस »

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै शीतलनिवासले कानुनविद्हरुसँग आवश्यक परामर्श समेत गरिसकेको अवस्था थियो । शुक्रबार सोहीअनुसार मन्त्रिपरिषद्ले दुबै संसदले …

पुरा पढ्नुहॊस »