पक्राउ परेका सांसद अरूण चौधरी जेल चलान

काठमाडौँ । आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको मुद्धामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरी जेल चलान भएका हुन् ।

उनलाई प्रहरीले बिहीबार बाँकेबाट पक्राउ गरेकाे थियाे । आज बिहानै जिल्ला अदालत कैलालीमा पेश गरिएका चाैधरी अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएकाे अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ’ उनले भने ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । कैलाली-२ बाट निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए ।

उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो । स्थानीय महादेव बजगाईँको ट्र्याक्टरमा आगो लगाएको कसुरमा उनीलगायत ३ जना दोषी पाइएको जिल्ला अदालत कैलालीले ठहर गरेको छ । उक्त घटनामा सांसद अरुणका साथै पर्शुराम चौधरी, अरुण र वीर बहादुर चौधरीलाईसमेत अदालतले दोषी ठहर गरेको थियो ।

उनीहरूले ट्र्याक्टर चालक साजन चौधरीलाई कुटपिट गरेर पेट्रोल छर्केर आगो लगाएका थिए । उक्त विषयमा जाहेरी परेपछि उनीहरू तीनैजना बयान दिन समेत अदालत नआएर फरार भएका थिए । तीनै जना प्रतिवादीहरूका नाममा अदालतमा हाजिर हुन म्याद जारी भएपनि हाजिर नभएर कसुर स्वीकार गरेको अदालतले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस