घरको डाक्टर सेवा चितवनमा पनि

काठमाडौं । घरमा दैनिकरूपमा देखिने समस्याको एकमुष्ट समाधानको उद्देश्यका साथ सञ्चालनमा आएको स्किल सेवाले चितवनमा पनि शाखा विस्तार गर्ने भएको छ । दक्ष, योग्य, विशेषज्ञ प्राविधिक जनशक्तिले हाइ-टेक डिभाइस प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने, समस्याको कारण पत्ता लगाउने र समस्या समाधान गर्नमा स्किल सेवा अग्रसर रहेको छ ।

विगत पाँच वर्षदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा प्रदान गर्दै आएको कम्पनीले उपत्यकाबाहिर पोखरामा पनि विगत सात महिनादेखि सेवा सुरु गरेको छ । कम्पनीका संस्थापक रामशरणविक्रम थापा भन्नुहुन्छ, ‘तुलनात्मकरूपमा काठमाडौंभन्दा पोखरामा समस्यायुक्त घर बढी छन्, समस्या चेकजाँच गराउन चाहनुहुने धेरै ग्राहकसम्म समयमै सेवासमेत दिन सकिरहेका छैनौँ ।’ कम्पनीले अन्य मुख्य शहरमा पनि शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ भने माघ २२ गतेदेखि चितवनमा पनि सेवा विस्तार गर्ने भएको हो । भरतपुरको हाकिमचोकमा कार्यालय रहने र कम्पनीको सेवा लिन चाहने सयभन्दा बढी घरधनीले अग्रिम बुकिङसमेत गराइसकेको कम्पनीका बजारीकरण तथा बिक्री शाखा प्रमुख सफल प्रधानले जानकारी दिनुभयो ।

३० हजारभन्दा बढी बिरामी घरको चेकजाँच गरिसकेको कम्पनीमा प्रायः टेक्निकल क्षेत्रका व्यक्तिहरूको संलग्नता रहेको सिई रमेश तिमिल्सिनाले बताउनुभयो । कम्पनीका अनुसार स्किल सेवाको सेवा लिन पाँच दिनअघि नै बुक गराउनुपर्दछ । बुकिङ कन्फर्मपछि तय भएको मिति र समयमा इञ्जिनियरहरू हाइटेक डिभाइससहित होम इन्सपेक्सनका लागि पुग्नेछन् र घरधनीले बताएको समस्याबमोजिम पूरा घरको निरीक्षण गर्दछन् ।

घर इन्स्पेक्स गरेको ४८ घण्टाभित्र घरधनीले एउटा रिपोर्ट पाउनेछन् । जसमा समस्या, समस्याको स्रोत, समस्याको कारण, निम्तिन सक्ने सम्भावित क्षति र समस्या समाधान गराउन लाग्ने खर्चसमेत उल्लेख गरिएको हुन्छ । उल्लेखित सबै विधि र प्रक्रियाका लागि दुई हजार रुपैयाँ सेवा शुल्क लाग्ने र कम्तीमा पाँच वर्षको वारेन्टी दिई समस्या समाधान गरिने कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बिदाको दिन ओपीडी चलाउने निर्णय फिर्ता लिन चिकित्सक संघको माग

काठमाडौं । सार्वजनिक बिदाको दिनमा पनि सरकारी अस्पतालमा बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारले दिएको …

प्रतिकृया दिनुहॊस