सुर्खेत । सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको हो । सोमबार बसेको प्याब्सनको बैठकले अत्यधिक गर्मी बढेपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो । प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ ।
पुरा पढ्नुहॊस »भारतमा म सम्मानित भएर आएँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आफू सम्मानित भएरै आएको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा आफूले अपमानित महसुस नगरेको बताए । ‘त्यहाँ (भारत) राज्यमन्त्री नै स्वागत गर्न आउने चलन छ, इतिहास हेर्नु भए हुन्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘म सम्मानित नै भएर आएँ । तर, यहाँ हुने तपाईँहरू अपमानित भयो भन्नुहुन्छ । त्यस्तो होइन म सम्मानित भएर नै आएको …
पुरा पढ्नुहॊस »यी ११ मोटरसाइल बेच्दै सिटिजन्स बैंक (सूचनासहित)
काठमाडौं । सिटिजन्स बैंकले सवारी (दुई पाङ्ग्रे) साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले प्रयोग गरिरहेका ११ वटा मोटरसाइकल बिक्री गर्ने भएको हो ।
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्सका पसलमा ३० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वरस्थित नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डबाहकहरुले मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल …
पुरा पढ्नुहॊस »सामसङ ग्यालेक्सी एफ५४ अब नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडाैं । सामसङले नयाँ ग्यालेक्सी एफ५४ स्मार्टफोन ५जी को साथ बजारमा ल्याएको छ। यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली रहेको कम्पनीले बताएको छ। जसमा १०८ मेगा पिक्सलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन छ। ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरूले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन्। यो फोन ८ जिबी र्याम क्षमता र २५६ जिबी आन्तरिक मेमोरीको साथ उपलब्ध …
पुरा पढ्नुहॊस »स्वरूपराजको ‘धुँवा धुँवा’ सार्वजनिक
काठमाडौँ । अमेरिका । स्वरूपराज आर्चायको स्वर रहेको गीत ‘धुँवा धुँवा’ सार्वजनिक गरिएको छ । कमला न्यौपानेको शब्द, यदिन गजमेरको संगीत, धीरज श्रेष्ठको एरेञ्ज र कृष्ण केआर मर्हजनको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोको निर्माण टिमले अमेरिकाको क्यान्सस राज्यको ओभरल्याण्ड पार्क शहरमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरेको हो । सो अवसरमा स्थानीय कलाकार तथा संगीतकर्मीको उपस्थिति रहेको अन्तर्राष्ट्रिय साहित्य समाज क्यान्सस च्याप्टरले जनाएको छ । …
पुरा पढ्नुहॊस »हिमालयन ट्राभल मार्ट काठमाडौँमा
काठमाडौँ । अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारखि सुरु भएको मार्ट यही २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार मार्टमा २५ देशका चार सयभन्दा …
पुरा पढ्नुहॊस »बजाजको ‘नेतृत्वको २५ वर्ष’ क्याम्पेन सम्पन्न
काठमाडाैँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सफलतापूर्वक सम्पन्न गरेको छ। आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७९ को अवसरमा शुभारम्भ गरिएको थियो। अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु.१० हजारसम्मको …
पुरा पढ्नुहॊस »स्ट्याण्डर्ड चार्टर्डद्वारा ‘ब्लकचेन नलेज सेयरिङ सेसन’
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ । डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डिएलटी), यसको प्रयोग र यसले वर्तमान प्रणालीमा देखिने समस्या हटाई ट्रेड फाइनान्समा पुग्ने सहयोगका विषयमा छलफल भएको थियो । डिएलटीले विश्व व्यापारलाई उच्च संगठित सञ्जालमा रूपान्तरण गर्दै दक्षता सुधार गर्न र ट्रेड फाइनान्सिङमा लागत घटाउन सहयोग पुर्याउँदै आएको बताइएको छ । यस्ता …
पुरा पढ्नुहॊस »पाँचखालको औद्योगिक ग्राम ‘महिला उद्यमी विशेष औद्योगिक ग्राम’मा रूपान्तरण
काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गरिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको हो । यस्तै विधेयक समितिबाट मन्त्रिपरिषद्मा आएको विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेश गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश …
पुरा पढ्नुहॊस »