काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ। नेपाल धितो पत्र बोर्डले स्वीकृति दिए सँगै प्रती कित्ता रु २३६.९१ मा कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको वेवसाइटमा विवरण पत्र प्रकाशनको लागि स्वीकृति भएको उल्लेख गरिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल …
पुरा पढ्नुहॊस »सुदुरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । आज सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्दैछन् । प्रदेश सभा सचिवालयका अनुसार जसका लागि अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा नै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नेछ ।
पुरा पढ्नुहॊस »लिन्डाले सम्हालिन् ट्विटरको सिइओको जिम्मेवारी
काठमाडौं । लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् । लिन्डा आफैंले ट्वीट गर्दै यसको जानकारी दिएकी हुन् । ‘यो भयो – पहिलो दिन ! सम्पर्कमा रहनुहोस् ।’ ट्विटरका मालिक एलन मस्कले मे १२ मा इटालियन मूलकी लिन्डालाई सीईओको रूपमा नियुक्त गर्ने घोषणा गरेका थिए । लिन्डाले यसअघि एनबीसी युनिभर्सलमा ग्लोबल एडभर्टाइजिङ र पार्टनरशिपको अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन । उनले गत महिना भनेका थिए, …
पुरा पढ्नुहॊस »गाडीसहित सीटीईभीटीका दुई कर्मचारीको शव फेला
काठमाडाैँ । गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को गाडी मंगलबार साँझ फेला परेको छ । गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् । सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएपछि गाडी र त्यसमा सवार दुई जनाको शव भेटिएको प्रहरीको भनाइ छ । शवको पहिचान भने हुन सकेको छैन । नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक …
पुरा पढ्नुहॊस »भ्याट लागु भएसँगै तरकारी आयात न्यून
काठमाडाैं । सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर सरकारले बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरे । कालीमाटी फलफूल तथा तरकारी बजारमा गएको चार दिनदेखि देशबाहिरबाट आउने तरकारी भित्र्याइएको छैन । संवेदनशील वस्तुमा भ्याट फिर्ता लिनुपर्ने माग गर्दै …
पुरा पढ्नुहॊस »विदेशमा शाखा खोल्न बीमा कम्पनी अनिछुच्क
काठमाडाैँ । नेपाल बीमा प्राधिकरणले गत चैतमा नेपाली बीमकले विदेशमा शाखा खोल्न पाउने नीति ल्यायो । तर, हालसम्म कुनै पनि बीमकले विदेशमा शाखा खोल्न अनुमति मागेका छैनन् । बीमकहरूले पनि विदेशमा शाखा खोल्न गृहकार्य नभएको प्रतिक्रिया दिएका छन् । प्राधिकरणले ‘बीमकको शाखा कार्यालयसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै प्राधिकरणले तोकेको शर्त पूरा गरेका बीमकले प्राधिकरणबाट स्वीकृति लिएर अन्य मुलुकमा समेत आफ्ना कार्यालय खोली व्यवसाय विस्तार गर्न पाउने भएका छन् । निर्देशिकाअनुसार …
पुरा पढ्नुहॊस »भिरमहको आम्दानीबाट शिक्षकलाई तलब
म्याग्दी । शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ …
पुरा पढ्नुहॊस »राष्ट्र बैंकद्वारा वाणिज्य बैंकहरूको मर्जरमा कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको मर्जर तथा एक्विजिसनमा कडाइ गरेको छ । मंगलबार केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसनको समयसीमा लगाएर नीतिमा कडाइ गरेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आगामी असारभित्र एकीकृत कारोवार गरिसक्ने वाणिज्य बैंकहरूलाई विभिन्न सुविधा दिएको छ। राष्ट्र बैंकले यसअघि २०७९ पुसभित्र एकीकृत कारोबार गरेमा मात्रै मर्जरको सुविधा पाउने नीति ल्याएको थियो । सोही व्यवस्थाअनुसार केही बैंकले …
पुरा पढ्नुहॊस »कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ ८८ पैसा र बिक्री दर १३२ रूपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको …
पुरा पढ्नुहॊस »नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस
काठमाडौँ । आजबाट नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्षबाट बहस सुरु हुनेछ । मंगलबार सरकारी वकिलको बहस सकिएपछि बुधवारबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्दैछन् । सो बहसका लागि पूर्व महान्यायाधिवक्ता देखी नेपाल बार एसोसिएसनका बहालवाला अध्यक्ष देखी पूर्व अध्यक्षहरूले बहस गर्नका लागि नाम टिपाएका छन् । यसअघि नै निर्धारण भएको बहसको समयअनुसार सरकारी वकिलले तीन दिनको बहस सकिए पछि अभियुक्त पक्षका वकिलहरूले आजबाट बहस सुरु गर्न लागेको हुन । …
पुरा पढ्नुहॊस »