देशभर छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । यो क्रम राति पनि जारी रहने छ ।

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस