३ बुँदे सहमतिपछि राकियो रुबी खानको आन्दोलन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाँकेकी एकल महिला निर्मला कुर्मीको बेपत्ता, अपहरण र हत्यासम्बन्धी मुद्दामा दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका महिलाहरूको माग सरकार संवेदनशील रहेको बताएका छन् । उनले सरकारले मुद्दाको गहिरो अनुसन्धान र अभियोजन गरी अदालती प्रक्रियामा पुर्‍याउन गृहसचिव, प्रहरी महानिरीक्षक र सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूलाई मंगलबार बिहान बालुवाटारमा भेट र छलफलपछि प्रधानमन्त्री दाहालले सो मुद्दामा मात्रै नभएर सरकार महिलाका मुद्दामा सधैं संवेदनशील रहेको बताए । ‘तपाईंहरू सडकमा संघर्ष गरिरहनुभएको छ । तपाईंहरू त्यसरी बस्नुस् भनेर मैले चाहेको छैन । तर, यो न्याय निरुपणको प्रक्रियाको विषय हो, मैले यहाँबाट निर्णय गर्ने कुरा छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘तर सरकार तपाईंहरूले उठाउनुभएको मागमा सधैं संवेदनशील छु । यो मुद्दामा पनि गहिरो अनुसन्धान र अभियोजन हुनुपर्छ । त्यसका लागि म तत्काल सम्बन्धित निकायलाई निर्देशन दिन्छु ।’

गृहमन्त्रालयको जिम्मेवारीसमेत आफैं सम्हालेका प्रधानमन्त्री दाहालले गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्मला कुर्मीको मुद्दालाई प्राथमिकतामा राखेर तत्काल अनुसन्धान गर्न र न्यायको प्रक्रियामा अघि बढाउन निर्देशन दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस